बारा जिल्ला अदालतद्वारा लक्ष्यको पन्चानब्बे प्रतिशत भन्दा बढी मुद्दा फर्छयौट

संदिप प्रसाद यादव
483 पाठक संख्या

बारा जिल्लाले आर्थिक वर्ष २०८०/२०८१ मा लक्ष्यको ९५ दशमलव ७४ प्रतिशत मुद्दा फर्छयौट गरेको छ ।

जिल्ला अदालतले दिएको जानकारी अनुसार पाँच हजार नौ सय ८९ मुद्दा फर्छयौट लक्ष्य रहेकोमा पाँच हजार सात सय ३४ वटा मुद्दा फर्छयौट गरेको छ ।

जुन लक्ष्यको ९५ दशमलव ७४ प्रतिशत हो । विभिन्न वर्षहरुबाट अदालतमा ४ हजार ४ सय ३३ मुद्दा जिम्मेवारी सरी आएको थियो । नयाँ दर्ता अनुमान ४ हजार ५ सय २२ रहेकोमा अदालतमा पाँच हजार तीन सय ८२ वटा मुद्दा दर्ता भएको हो ।

अदालतले ८ हजार ९ सय ५५ अनुमानित वार्षिक लगत रहेकोमा सो भन्दा बढी ९ हजार ८ सय १५ वटा वास्तविक लगत रहेको हो । बारा जिल्ला अदालतमा ४ हजार ८१ मुद्दा अझ फर्छयौट हुन बाँकी रहेको छ ।

बारा जिल्ला अदालतको दायरी शाखामा मुद्दाको लगत ९ हजार ७ सय १० रहेकोमा ५ हजार ३ सय ९२ वटा फर्छयौट भएको र ४ हजार ३ सय १८ बाँकी रहेको छ ।

दायरी शाखाबाट ५ हजार २ सय ७७ वटा म्याद तथा पक्राउ पुर्जी जारी गरेकोमा ४ हजार ९ सय ५१ व्टा फर्छयौट भएको र ३ सय २१ वटा बाँकी रहेको छ ।

२ हजार ८ सय मुद्दामा म्याद थप गरेकोमा सबै फर्छयौट रहेको छ । कल विवरणको लागि दुई सय ७५ वटा अनुमति दिइएकोमा सबै काम सम्पन्न भएको छ ।

पाँच सय २० वटा पक्राउ पूर्जि जारी गरिएको छ । जरुरी पक्राउ पूर्जिमा तीनसय वटा समर्थन गरिएकोमा सोही अनुसार काम भएको छ । दायरी शाखाले अभियोगपत्र सहित पक्राउ भइ आएको पाँच सय ४२ प्रतिवादीको बयान लिएको छ ।

अदालतमा दर्ताद्वारा ५५ वटा विवाहको निवेदन आएकोमा ५३ वटा दर्ता द्वारा विवाह भएको छ भने दुई वटा बाँकी रहेको छ । मृत्युको न्यायिक घोषणाको लागि दुई वटा निवेदन आएकोमा एक वटा सम्पन्न भएको र एउटा बाँकी रहेको छ ।

धर्मपुत्र धर्मपुत्री राख्ने छ वटा निवेदन आएकोमा चार वटा फर्छयौट भएको छ भने दुई वटा बाँकी रहेको छ । बारा जिल्ला अदालतमा ६ हजार ६ सय ७ देवानी मुद्दाको लगत रहेकोमा ३ हजार ८ सय ८६ वटा मुद्दा फर्छयौट भई २ हजार ७ सय २१ मुद्दा फर्छयौट हुन बाँकी रहेको छ ।

सरकारवादी फौजदारी १ हजार २२ वटा मुद्दा रहेकोमा ५ सय २५ फर्छयौट भएको र चार सय ९७ वटा मुद्दा फर्छयौट हुन बाँकी रहेको छ । दुनियावादी फौजदारी १ हजार ७ सय २८ वटा मुद्दा रहेकोेमा ७ सय ५७ वटा फर्छयौट भई ९ सय ७१ वटा बाँकी रहेको छ ।

पुनरावे्दन दर्ता ३९ वटा रहेकोमा २२ वटा फर्छयौट १७ वटा बाँकी रहेको छ । ३ सय १४ रिट निवेदन परेकोमा २०३ फर्छयौट भई एक सय ११ वटा बाँकी रहेको छ ।

Leave a review

This will close in 0 seconds