थारु कल्याणकारिणी सभाद्वारा कोल्हवीमा बिरोध जुलुस कार्यक्रम सम्पन्न

साझेदारी दैनिक
427 पाठक संख्या

धीरेन्द्र पनुहर/ थारु कल्याणकारीणी सभा बारा,नगर कमिटी कोल्हवी र वडा कमिटीको आयोजनामा थारुहरु माथी लगाएको झुठो मुद्दा खारेजीको माग सहित थारुहरुको हकहित र थारु कोटा शुनिश्चितको माग गर्दै शुक्रबार कोल्हवीमा बिरोध जुलुस सम्पन्न भएको छ ।

२०७२ साल भाद्र ७ गते टिकापुरमा घटेको घटनालाइ सम्झिदै कालो दिनको रुपमा पनि थारु समुदायले भाद्र ७ गते बिरोध सभाको कार्यक्रम गर्दै आएको छ ।

केन्द्रिय सर्कुलर अनुसार शुक्रबार थारु अगुवा र कल्याणकारणी सभाका पदाधिकारीहरुले,थारु कोटा कायम गर,थारुहरु माथी लगाएको झुठा मुद्दा खारेज गर,थारु एकता जिन्दावाद लगाएतको प्ले कार्ड बोकि कोल्हबी बजार परिक्रमा गरि कोण सभामा परिणत भएको थियो ।

सभाका नगर कमिटी कोल्हबीको सभापति रामनाथ चौधरीको अध्यक्षतामा सम्पन्न कोण सभालाइ थारु अगुवाहरु रामसुन्दर चौधरी ,तपेश्वर राय थारु,जिल्ला कोषाध्यक्ष बासु प्रसाद चौधरी, जिल्ला सभापति रामप्रसाद चौधरी लगाएतकोले सम्बोधन गर्नु भएको थियो ।

कार्यक्रममा राज्यले टिकापुर घटनामा धेरै थारुहरु माथी झुठो मुद्दा लगाएर बेकसुर थारुलाइ फसाउन खोजेको भन्दै ती सबै झुठा मुद्दालाई खारेजीको जोरदार माग बक्ताहरुले गरेका थिए।

सो कार्यक्रममा जिल्ला सदस्य संजय कुमार चौधरी,थारु अगुवाहरु भुवन चौधरी,सुरेशबाबू चौधरी,जय प्रकाश चौधरी,रामबाबु चौधरी,महालक्ष्मी पनुहर,सुमिन्त्रा देवि चौधरी,गोबिन्द्र चौधरी लगायतको उपस्तिथि रहेको थियो ।

नगर सचिव ज्ञानेन्द्र चौधरीले संचालन गरेको कार्यक्रममा नगर कमिटी कोषाध्यक्ष प्रेमनारायण चौधरीले स्वागत मन्तब्य राखेका थिए ।

TAGGED:
Leave a review