जीतपुर : मधेस प्रदेशसभा सदस्य देनारायण चौधरीले होली पर्वलाई सभ्य र भव्य रूपमा मनाउन सबैलाई आग्रह गरेका छन ।
जीतपुरमा शिव मन्दिर व्यवस्थापक समिति जीतपुरले सोमबार आयोजनामा होली मिलन कार्यक्रममा बोल्दै सांसद चौधरीले यस्तो बताएका हुन ।
कार्यक्रमको उद्घाटन रङ्ग लगाएर त्यस्तै वडा नं.७ का वडा अध्यक्ष सुनिल गुप्ताले होली पर्व सामाजिक सद्भाव,आपसी मेलमिलाप र भाईचारा बढाउने महत्वपूर्ण अवसर भएको उल्लेख गर्दै सबैलाई मर्यादित रूपमा मनाउन अनुरोध गरे ।
मन्दिर ब्यवस्थापन समितीका अध्यक्ष श्रीराम साह कानुले कार्यक्रममा सहभागी सम्पूर्ण व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्ता सांस्कृतिक कार्यक्रमहरू निरन्तर सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरे ।
शिव मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्रीराम साह कानुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गुप्ता,वडा सदस्य नवीन मैनाली, इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख प्रहरी बरिष्ठ नायब निरिक्षक सुरेन्द्र तामाङ,समाजसेवी अफताब आलम, श्रवन गुप्ता लगायतका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

