वीरगञ्ज : नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु (क्रान्तिकारी) वीरगञ्ज महानगर समितिको दोस्रो सम्मेलन शनिबार सम्पन्न भएको छ ।
कुर्मी सेवा सदनमा सम्पन्न भएको सम्मेलनले रामबाबु मण्डललाई महानगर समितिको अध्यक्षमा सर्वसम्मतिले चयन गरेको छ । शिक्षा स्वास्थ्य र रोजगारीको लागि हाम्रो आन्दोलन राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा भन्ने मूल नाराका साथ सो सम्मेलन गरिएको हो ।
नेकपा माओवादी केन्द्र पर्साका जिल्ला इन्चार्ज बिजय महतोको विशिष्ट आतिथ्यतामा सो अधिवेशन सम्पन्न भएको थियो ।
सम्मेलनमा अनेरास्ववियु ( क्रान्तिकारी ) केन्द्रीय उपमहासचिव प्रभाकार गुप्ता,केन्द्रीय सचिव शिवम साह,प्रेस सेन्टर मधेस प्रदेश सचिव मुनेश लायोमगर,वाइसीएल जिल्ला इन्चार्ज सन्तोष पटेल,वाइसीएल जिल्ला संयोजक दिपेन्द्र सिंह पटेल,राष्ट्रिय प्रगतिशील स्वास्थ्यकर्मी पर्सा अध्यक्ष शिवहरि तिवारी,प्रदेश सचिव जुवेर आलम लगायतको सहभागिता रहेको थियो ।
सम्मेलनलाई सम्बोधन गर्ने वक्ताहरुले शिक्षा क्षेत्रमा भइरहेको विकृति भ्रष्टाचारको बारेमा विद्यार्थी अगाडि बढन सुझाव दिएका थिए । समितिको उपाध्यक्षहरु तौसिफ अन्सारी,राजु सरार्फ,सुरज सिंह महिला उपाध्यक्ष रजनी सरार्फ,सचिवहरु सम्शेद अन्सारी,विवेक गुप्ता,कौशर अहमद,राजन बैठा,कमलेश पटेल कोषाध्यक्ष आँचल झा लगायत रहेका छन ।


