धमाधम सालको गोलिया काठ बरामद

साझेदारी दैनिक
331 पाठक संख्या

पर्सा जिल्लामा धमाधम सालका गोलिया काठहरु बरामद भइरहेको छ। बिहिबार ३३.८ क्युफिट काठ बरामद गरेको बन गस्तीटोलीले शुक्रबार ५२.२९ क्युफिट काठ बरामद गरेको छ ।

डिभिजन बन कार्यालय पर्सामा डिभिजन बन अधिकृतको रुपमा मञ्जुर अहमद आएको केही दिनमै वन गस्ति टोलि सक्रिय भएको हो। पर्साको पर्सागढी नगरपालिका वडा नं.३ बाट दुईवटा साईकलमा काठ लोड गरि तस्करहरु बिरुवा गाउँमा लैजाँदै गरेको अवस्थामा १२.२९ क्युफिट काठ बरामद गरेको सबैया सब डिभिजन बन कार्यालयका रेञ्जर भुपाल रोकायाले जानकारी दिए ।

झबराहा देखि साईकलमा काठ लोड गरि तस्करहरु बिहिबार राती १ बजे ल्याउँदै गरेको अवस्थामा बन गस्ती टोली विशेष सूचनाको आधारमा पछ्याउँदै बिरुवा गाउँ पुगेको थियो । बन गस्ती टोलीलाई देखेर तस्करहरु लोड गरिएको काठ र साईकल छोडेर फरार भएको रेञ्जर रोकायाले बताए ।

पर्सागढी नगरपालिका वडा नं.४ बाट मुख्यमन्त्री बृक्षारोपण नजिकैकोको जङ्गलबाट बन गस्ती टोलीले ४ थान सालको गोलिया २४.९ क्युफिटको काठ बरामद गरेको छ । साईकल हिडेको बाटो पछ्याउँदै जाँदा शुक्रबार बिहान जङ्गलभित्र ४ थान काठ बरामद भएको रेञ्जर रोकायाले बताए ।

रातीमा आफुहरु बिरुवा गाउँबाट साईकल सहितको काठ पक्राउँ गरेको खबर थाहा पाएर तस्करहरु जङ्गलमै काठ अनलोड गरेको हुन सक्ने रेञ्जर रोकायाले अनुमान ब्यक्त गरे । सब डिभिजन बन कार्यालय बड्निहारबाट खटिएको बन गस्ती टोलीले पर्सागढी नगरपालिका वडा नं.५ जिंगना गाउँबाट दुई थान काठको गोलिया बरामद गरेको छ ।

सेलर मिल पछाडि बेवारिसे अवस्थामा राखिएको दुई थान १५.१ क्युफिटको काठ बरामद गरिएको सब डिभिजन बड्निहारका जमदार जीत बहादुर तामाङ्गले साझेदारी दैनिकलाई जानकारी दिए । बिभिन्न ठाउँबाट बरामद काठहरुलाई नियन्त्रणमा राखि आवश्यक अनुसन्धान भईरहेको डिभिजन बन कार्यालय पर्साका डिभिजनल बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

Leave a review

This will close in 0 seconds