गढीमाई मेलामा साँसदको चुले निम्तो

साझेदारी दैनिक
437 पाठक संख्या

बाराको महागढीमाई नगरपालिकाको बरियारपुरमा पञ्चवर्षीय मेला यही मंसिरमा लाग्ने भएको छ ।

यो मेलाको लागि बाराका एक साँसदले सात सय ५३ स्थानीय तह तथा सबै सरकारहरुलाई उनले चुले निम्तो दिएका छन्। यसरी निम्तो दिनेमा साँसद कृष्णकुमार श्रेष्ठ,किसान हुन्। उनी बारा क्षेत्र नम्बर चारका निर्वाचित साँसद हुन् ।

यो मेलामा सबैभन्दा बढी बलि चढने गर्छ। पशुबलि विश्वमा सबैभन्दा बढी चढने यही गर्छ । यो मेलाको विशेषता भनेकै पशुबलि हो।

श्रेष्ठले गढीमाई मेलाको व्यवस्थापनमा ध्यान दिन तथा गढीमाई मन्दिरमा चढ्ने बलीप्रथाको विरोध गर्ने तत्वलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।प्रतिनिधि सभाको विशेष समयमा बोल्दै सांसद श्रेष्ठले यस्तो ध्यानाकर्षण गराएका हुन्।

यो आफैमा महत्वपूर्ण हो। गढीमाईमा बलि स्थापनाकाल देखि नै चढने गर्छ। यो हाम्रो परम्परा हो। यो परम्परामाथि प्रहार पहिले देखि नै भइरहेको हो। यो प्रहारको समेत आफ्नै ईतिहाँस रहेको छ।

महागढीमाई मेला ऐतिहाँसिक रहेको छ। यहाँ करोडौं मानिसहरु आउने गर्छन्। धार्मिक आस्थाका कारण यहाँ भारतीय तथा नेपालीहरु आस्थाको कारण आउने गर्छन्। धार्मिक पर्यटनको दृष्टिकोणले महत्वपूर्ण भए पनि यो पर्यटनको लाभ सीमित व्यक्तिले लिने गर्छन्।

यस्को लाभ आम समुदायलाई उति हुदैन। पर्यटनको लाभ लिने उपक्रम नहुदा यो केवल चर्चाको विषय बन्ने मात्र हो। धार्मिक पर्यटनको व्यवस्थापन नहुदा यो अवस्था देखिएको हो। महागढीमाई मेलामा बलिको विरोध आजको होइन। ५० वर्ष देखिको हो। शुरुमा आर्य समाजले टेण्ट राखि मेलामै बलि प्रथाको विरोध गरेको थियो। यस्तै साधु समाजले समेत यस्को विरोध गरेको थियो।

त्यसपछि अन्तराष्ट्रिय एवम राष्ट्रिय स्तरको गैर सरकारी संस्थाले पशु अधिकार भन्दै विरोध शुरु गरे। यस्को परिणाम देखियो। पशुहरुलाई यातना दिएको भन्दै यस्को विश्वभर आलोचना भयो। यही सन्दर्भमा सर्वोच्च अदालत दिल्लीमा मुद्दा पर्‍यो । सो मुद्दामा भारतको सर्वोच्च अदालतले बलिको लागि भारतबाट आउने पशुहरुलाई ल्याउन प्रतिबन्ध लगायो।

यही सन्दर्भमा नेपालको सर्वोच्च अदालतले बलि प्रथालाई निरुत्साहन गर्दै लैजाने भनेर फैसला गर्‍यो ।बलिलाई कम गर्दै लैजाने र चेतना जगाउने भन्दै गरेको फैसला हाम्रो सामु रहेको छ। भारतबाट यही फैसलाको आलोकमा पशु ल्याउन बन्द गरेपनि भारतको सीमावर्ति क्षेत्रमा गढीमाईको नाममा बलि दिने काम शुरु भयो।

सो कामको कारण हाल १६ भन्दा बढी ठाउँमा बलिस्थल बनेको छ। त्यहाँ हरेक पाँच वर्षमा बलि चढने परम्परा नै बसेको छ। नेपालमा समेत धेरै ठाउँमा मेला लाग्न शुरु भएको छ। बारा, रौतहट तथा सर्लाही लगायतको १६ ठाउँमा मेला लाग्ने गर्छ। यी सबै ठाउँमा धेर थोर पशु बलि हुने गर्छ।

पशुबलिको विरोधमा अभियान चलाउनु परम्परा माथि प्रहार हो। साँसद श्रेष्ठले यस सन्दर्भमा उचित माग गरेका हुन्। यस्तै गढीमाईको चुले निम्तो दिएर उनले सबैलाई घचघचाई रहेका छन्। यसले अवश्य नै यस क्षेत्रको पहिचानलाई उजागर गर्न मद्दत गर्छ। यही सन्दर्भमा चुले निम्तोलाई लिन सकिन्छ ।

सम्पादकीय

Leave a review

This will close in 0 seconds