मोहम्मद जयन्तिको अवसरमा कलैयाका विद्यालय बन्द

साझेदारी डेलि
26 पाठक संख्या

बारा । मुस्लिम धर्मावलम्बीहरूको मोहम्मद जयन्तिको अवसरमा बाराको कलैया उपमहानगरपालिकाअन्तर्गतका सबै विद्यालयमा बुधबार एक दिन सार्वजनिक विदा दिइएको छ।

कलैया उपमहानगरपालिकाको शिक्षा शाखाले सार्वजनिक सूचना जारी गर्दै नगर प्रमुखस्तरीय निर्णयअनुसार उपमहानगरपालिका अन्तर्गत सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बुधबार विदा रहने जनाएको हो।

शिक्षा शाखा प्रमुख राजिवकुमार यादवद्वारा जारी सूचनामा मोहम्मद जयन्तिको अवसरमा विद्यालयमा पठनपाठन बन्द रहने उल्लेख गरिएको छ।

Leave a review