शिक्षा दिवसमा उत्कृष्ट गर्ने बिद्यार्थीहरुलाई सम्मान तथा पुरस्कार वितरण

रञ्जन यादव
302 पाठक संख्या

राष्ट्रिय शिक्षा दिवस २०८१ को अवसरमा पुरस्कार वितरण गरिएको छ। जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयले ने.रा.मा.बि. सिमराको सभा हलमा माध्यमिक तहमा उत्कृष्ट गर्ने बिद्यार्थीहरुलाई सम्मान गरिएको हो।

यहाँ कार्यक्रमको आयोजना गरी कक्षा ८ कक्षा १० र १२ को परीक्षामा उत्कृष्ट गर्ने बिद्यार्थीहरुलाई सम्मान गरी पुरस्कार बितरण गरिएको हो।

उत्कृष्ट गर्ने बिद्यार्थीहरुलाई उपमहानगरपालिकाको शिक्षा,युवा तथा खेलकुद माहाशाखा प्रमुख उपसचिव शिवजी प्रसादले प्रमाणपत्र,झोला,डिक्सनरी,डायरी,दुई वटा कलम,क्यालकुलेटर र दोसल्ला वितरण गरेका हुन्।

सम्मानित हुने बिद्यार्थीहरुमा कक्षा ८परीक्षामा श्री ने.रा.मा.बि.सिमराबाट उत्कृष्ट गर्ने छात्रा श्रुती कुमारी र कृष्ण रानाभाट सो कार्यक्रममा सम्मानित भएका हुन्।

जनजागृति मा.वि. पिलुवाका छात्र अनुष अधिकारी, ब्राईटर एकेड्मी सिमराका छात्र ईसान्त रेग्मी र मुबिका सिँह र राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरबानाका छात्रा अस्मिता गुरुङ्ग रहेका छन् । त्यस्तै कक्षा १० को परीक्षामा जनता मा.बि. रजघट्टाका छात्र अंशुकुमार झा र ब्राईटर एकेड्मी सिमराका छात्र राहुल यादब पुरस्कृत भएका छन् ।

कार्यक्रम बिच कक्षा १२ को परीक्षामा बारा जिल्लामा सामुदायिक बिद्यालयतर्फ उत्कृष्ट गर्ने सिमरा मा.वि.का छात्र गौरबमान श्रेष्ठ र सामना भट्टराई र मधेश प्रदेशमै उत्कृष्ट गर्ने सिमरा पब्लिक ईङ्गलीस बोडिङ्ग स्कुलकी छात्रा काजल मण्डल पुरस्कृत भएका छन्।

त्यस्तै कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माणमा सहयोग गरेका शिवजी प्रसाद,हरीश भट्ट,प्रदिप गुप्ता,दिपक कायस्थ,सुरेन्द्र चौरसिया,जयप्रकाश राय,रञ्जु अधिकारी,सुजता लामिछाने, सिता अधिकारी,पवनकुमार यादब,खुलप्रसाद गौतम,रामप्रसाद अधिकारी र नेत्र प्रसाद दाहाललाई सम्मान गरी प्रशंसा पत्र प्रदान गरिएको थियो ।

कार्यक्रमका बिच शिक्षा,युवा तथा खेलकुद माहाशाखा प्रमुख शिवजी प्रसादले कक्षा ८ सम्मको स्थानीय पाठ्यक्रम निर्माण भईसकेको बताएका थिए। उनले कक्षा ५ सम्मको स्थानीय पाठ्यक्रममा आधारित किताब छाप्ने कार्यको अन्तिम चरणको गृहकार्य भइरहेको जानकारी दिएका थिए ।

Leave a review

This will close in 0 seconds