सिम्रौनगढ :नूर आलम बादशाह/ बाराको पचरौता नगर प्रमुख सहितको टोलीले बनौली–७ स्थित डेन्टल अस्पताल तथा फिजियोथेराफी सेवा स्थल पुगेर डेन्टल तथा फिजियोथेराफी सेवाको बुधबार छड्के अनुगमन गरेको छ ।
स्थानीय सरकार मातहतको स्वास्थ्य संस्था लगायत विभिन्न संस्थाको छड्के अनुगमन गर्ने क्रममा नगर प्रमुख जलन्धर सिंहले त्यहाँबाट प्रवाह हुने सेवाका बारेमा जानकारी लिएका छन् ।
नगरपालिकाबाट प्राप्त सेवा सुविधालाई अस्पतालले के कसरी प्रवाह गरेको छ भन्ने बारेमा अनुगमन गरिएको नगर प्रमुख जलन्धर सिंहले जानकारी दिएका हुन्।
औषधि,अस्पतालको फोहर व्यवस्थापन,बिरामीले पाएका सेवा सुविधाका बारेमा टोलीले अनुगमन गरेको हो। अनुगमनको क्रममा भेटिएका सामान्य कमजोरी सुधार गर्न सुझाव दिएको उनले जनाए।
अनुगमनको क्रममा अस्पतालमा रहेका बिरामीले पाएको सेवा सुविधाप्रति सन्तुष्टि व्यक्त गरेका छन्। नगरपालिकाले अस्पताल सहित पालिकाको कार्य क्षेत्र अन्तर्गत सर्वसाधरणसँग प्रत्यक्ष सरोकार राख्ने निकायको अनुगमन गर्दै आएको छ ।
सरकारी वा गैरसरकारी निकायबाट नागरिकले पाउनुपर्ने सेवा सुविधालाई प्रभावकारी बनाउन अनुगमन कार्यलाई निरन्तरता दिने उनले जनाए ।


