वीरगञ्ज : नेपाली काँगे्रसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस पर्साको नव निर्मित पार्टी कार्यालय भवनको बुधबार उद्घाटन गरेका छन्।
वीरगञ्ज महानगरपालिका वडा नम्बर २४ रामगढवामा निर्माण भएको भवनको उनले उद्घाटन गरेका हुन्। वीरगञ्ज महानगरपालिका,विभिन्न दाता र कांग्रेसका नेताहरुको सहयोगमा सुविधा सम्पन्न भवन बनेको हो। सो भवन एक करोड २९ लाखको लागतमा निर्माण भएको हो।
तीन बर्ष पहिले नै निर्माणको शिलान्यास गरिएको थियो। सुविधा सम्पन्न पार्टी कार्यालय भवनमा बिभिन्न किसिमको ब्यवस्था गर्न भने बाँकी रहेको छ। अगामी दिनमा व्यवस्थापन गरिने काँग्रेस पर्साले जानकारी दिएको छ।कार्यालय भवनको उदघाटन गर्दै देउवाले पार्टीका नेता कार्यकर्तासित एक जुट भएर काम गर्न सुझाव दिएका थिए।
उनले नेपाली काँग्रेसको लागि पर्सा जिल्लाले निकै योगदान दिएको जनाए। यो जिल्ला निक्कै महत्वपूर्ण जिल्लाको रुपमा रहेको जनाए। समारोहलाई सम्बोधन गर्दै काँग्रेसबाट निर्बाचित मधेस प्रदेश साँसद शँकर चौधरीले मधेस प्रदेशमा कृषिको अवस्था दयनीय रहेको चर्चा गरे।
सुख्खा र सिँचाईको कारण किसानलाई समस्या भएको जनाए। उनले मल अभावमा भारतबाट एक बोरा मल किसानले ल्याउदा प्रहरीले खोस्ने गरेको जनाए। रासायनिक मलको ब्यवस्था गरिदिनको लागि सँघीय सरकारसित उनले आग्रह गरेका थिए ।
यस्तै अर्का प्रदेश साँसद शयाम पटेलले पार्टी भवन निर्माण हुनु काँग्रेस पर्साको लागि गौरवको विषय रहेको बताए । नेपालमा नै सबै भन्दा सुबिधा सम्पन्न जिल्ला समितिको भवन पर्सा जिल्लाको नै भएको जानकारी दिदै यो पर्सा कांग्रेसको लागि गर्वको विषय भएको बताए।
काँग्रेसका सभापतिले कार्यालय उद्घाटन गर्नु पनि पार्टीका नेता कार्यकर्ताको लागि गर्बको कुरा भएको उनले चर्चा गरे। जुन जुन बेला काँग्रेसको सरकार बनेको छ त्यो सरकारले जनताको पक्षमा राम्रो काम गरेको उनले दावी गरे। सभापति देउवा वीरगञ्जमा मंगलबार यहाँ आएका थिए।
मधेस प्रदेशका काँग्रेसका नेता कार्यकर्ताहरुसित उनी भेटघाटमा ब्यस्त रहेका छन्। काँग्रेस पर्सा सभापति जनाद्र्धन सिंह क्षेत्रीको सभापतित्वमा पार्टी कार्यालय उद्घाटन कार्यक्रम भएको हो । सो उद्घाटन कार्यक्रममा मधेस प्रदेश भरिकै कांग्रेस नेता कायर्ककर्ताहरुको उल्लेखनीय सहभगिता रहेको थियो ।


