भारतले सुलिस गेट खोलेपछी रौतहटको गौरमा पानी घट्दै

साझेदारी दैनिक
247 पाठक संख्या

रौतहट,ओम प्रकाश यादव/ लगातार तीन दिनसम्म भएको अविरल बर्षाका कारण बागमती र लालबकैया नदिमा आएको बाढिले जलमग्न भएको रौतहटको सदरमुकाम गौरमा बिस्तारै पानी घट्न थालेको छ ।

भीषण बाढिले बाग्मती र लालबकैया नदिको तटबन्ध कटान हुँदा सदरमुकाम गौर पुर्न रूपमा डुबानमा परेको छ ।

भारतले सिमा क्षेत्रमा एकतर्फी रूपमा लगाएको बाधका कारण गौर प्रत्येक वर्ष डुबानमा पर्ने गरेको छ ।

भारतले सुलिस गेट खोलेपछी गौरको पानी भारत तर्फ पास भइरहेको छ जस कारण गौरको पानी आइतबार बेलुका देखि कम हुन थालेको रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले बताएका छन ।

गौर नगरपालिकाका मेयर शम्भु साहको पहल र सिडिओ रेग्मीको आग्रहमा भारतले सुलिस गेट खोलेपछी गौरको पानी घट्न थालेको हो ।

भारतिय प्रशासनले सिमा क्षेत्रमा लगाएको सुलिस गेट्को ढोका खोलेपछी गौरको पानी हिजोदेखी बिस्तारै घट्न थालेको सिडिओ रेग्मीले बताए ।

भारतले खोलेको उक्त गेट भएर पानी दक्षिण तर्फ पास भइरहेको छ । पानी घट्न थालेपछी गौरको जनजीवन सामान्य बन्दै गएको छ ।
गएको शनिबार रातिदेखी नै गौरका होचा स्थानका घर,सडक र सम्पुर्ण सरकारि कार्यालयहरु डुबानमा परेको छ ।

गौरका अधिकांश सडकहरू डुबेको छ भने कतिपय होचा घरहरूमा बाढी पसेको छ । बिपी चोकको सडक छेउका घर बाहेकका एरिया बाढीले डुबानमा परेका छन् ।

गौरको मुख्य सडकमा दुइदेखि चार फिटसम्म पानी जमेको छ भने होचा स्थानमा ५ देखि १० फिटसम्म पानी जमेको स्थानीय उमेश यादवले बताए । सबभन्दा बढी डुबान भन्सार क्षेत्रमा छ ।
जिल्ला प्रहरी कार्यालय,भन्सार कार्यालय,कारागार,जिल्ला अदालत, बिधुत कार्यालय,लगाएतका सरकारि कार्यालयहरुमा बाढिको पानी पसेको छ ।

यसैबिच जिल्ला कारागार कार्यालयमा बाढी पसेपछि कैदी बन्दीलाई अन्यत्र व्यवस्थापन गरिएको छ।

पुरुष कैदी बन्दीलाई कडा सुरक्षा घेराभित्र कारागारको छतमाथि राखिएको छ भने महिला कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा सारिएको छ।

बाढिको पानीले गौरको अधिकान्स घरमा क्षती पुर्‍याएको छ ।

Leave a review

This will close in 0 seconds