गरुडामा मेयर कपको मन्त्री जयसवालद्रारा गरियो उद्घाटन

साझेदारी दैनिक
301 पाठक संख्या

रौतहट : ओमप्रकाश यादव/ रौतहटको गरुडामा मेयर कप प्रतियोगिता सोमबार देखि शुरु भएको छ।

गरुडा नगरपालिकाको आर्थिक सहयोग र युथ क्लब अफ रौतहटको आयोजनामा सो प्रतियोगिता भइरहेको हो। गरुडास्थित रहेको श्रीराम सुगर चिनी मिल्सको मैदानमा मेयर कप सिजन(३ प्रीमियर लिग २०८१ शुरु भएको हो ।

एक समारोहका बीच प्रतियोगिताको मधेश प्रदेशका युवा तथा खेलकुद मन्त्री प्रमोद जयसवालले उद्घाटन गरेकाछन्। १५ दिनसम्म सञ्चालन हुने मेयर कप प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ ।

मन्त्री जयसवालले खेलाडीलाई हौसला प्रदान गर्न आग्रह गरे। नयाँ खेलाडी उत्पादन गर्न मेयर कप प्रभावकारी बन्नुपर्नेमा उनले जोड दिएका हुन्।

मन्त्री जयसवालले गरुडा नगरपालिकाले जग्गा उपलब्ध गराए प्रदेश सरकारको तर्फबाट गरुडामा क्रिकेट रंगशाला बनाउने प्रतिबद्धता समेत व्यक्त गरे। स्थानीय सरकारले जग्गाको बन्दोबस्त गरे आफू गरुडामै राष्टिूय स्तरको क्रिकेट रंगशाला निर्माण गर्न सहयोग गर्ने जनाए।

गरुडा नगरपालिकाका मेयर कन्थमनि प्रसाद जयसवालले गरुडामा क्रिकेट रंगशाला निर्माणका लागि आवश्यक पर्ने जग्गा उपलब्ध गराउन आफु हरसम्भव प्रयास गर्ने बताएका छन्।

प्रदेश सरकार गरुडामा क्रिकेट रंगशाला बनाउन तयार रहेकोले जग्गा व्यवस्थापन गर्ने काममा आफू अहिलेदेखी नै लागि परेको मेयर जयसवालले जानकारी दिए। नगर भित्रका खेलाडीहरु मात्र सहभागी हुन पाएको यस प्रतियोगिताले खेलाडीमा थप हौसला बढाउने र नयाँ खेलाडी उत्पादन हुनेमा आफू ढुक्क रहेको उनले बताए ।

नगर क्षेत्रमा क्रियाशील खेलाडीह﾿को अन्तर्निहित क्षमता र खेल क्षेत्रको विकासका लागि प्रतियोगिता गर्न लागिएको नगर प्रमुख जयसवाल बताउँछन्।

प्रतियोगितामा बिजेता हुने टिमलाई नगद,मेडल,टूफी र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । उपविजेताले नगद सहित टूफी,मेडल र प्रमाणपत्र पाउने जनाइएको छ।

Leave a review