नारायणी अस्पतालमा सुत्केरीको लागि निःशुल्क रगत उपलव्ध गराउने सम्झौता

राम मण्डल
352 पाठक संख्या

वीरगञ्ज : मधेश प्रदेशको सबै भन्दा ठूलो सरकारी अस्पतालमा सुत्केरी महिलाको लागि निशुल्क रगत उपलवध गराइने भएको छ।

पर्सा बारा सहित मधेस प्रदेश भरिकै बिरामीहरुले उपचार सेवा लिदै आएको वीरगञ्जको नारायणी अस्पतालमा निःशुल्क रुपमा रगत उपल्बध गराईने जनाइएको हो।

एक कार्यक्रमकाबीच नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाईटी पर्साबीच निःशुल्क रगत उपलव्ध गराउने सम्झौता पत्रमा सोमबार हस्ताक्षर भएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दास र नारायणी अस्पताल र नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति वीरेन्द्रराज कँडेलले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौता अनुसार अस्पतालमा सुत्केरी गराउन आउने महिलाहरुको उपचारमा लाग्ने रगत निःशुल्क रुपमा उपलव्ध गराईने छ। रगत वापत लाग्ने शुल्क अस्पतालले रक्त सञ्चार केन्द्रलाई प्रदान गर्नेछ।

हरेक महिनाको ५ गते भित्रमा अस्पताललाई रगतको बारेमा रक्त सञ्चारले जानकारी दिनेछ। सोही अनुसार अस्पतालले रगत वापतको रकम भुक्तानी गर्ने छ ।

नारायणी अस्पतालमामधेस प्रदेश भरिकै महिलाहरु सुत्केरीको लागि आउने गरेका छन्।यहाँ दैनिक रुपमा ३० देखि ३५ जना महिलाहरुले सुत्केरी सेवा लिदै आएका छन्।

सुत्केरीको बेलामा प्रायः महिलाहरुलाई रगतको आवश्यकता पर्ने गरेको छ । समयमा नै रगत उपलव्ध नहुदा कतिपय सुत्केरीको ज्यान समेत जाने गरेको छ ।

सम्झौतापत्र आदान प्रदान कार्यक्रममा नारायणी अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ता,रेडक्रस साोसाइटी पर्साकी उपसभापति मधु राणा,लगायतको उपस्थिति रहेको थियो।

Leave a review

This will close in 0 seconds