वीरगञ्ज : नेपाल भारत सीमा वीरगञ्ज तथा रक्सौल अवस्थित मितेरी पुल नजिकै गोलीको खोका बरामद भएको छ।
नेपाल भारत सिमाना नजिकै मितेरी पुुरस्थित एक राउण्ड बन्दुकको गोलीको खोका पडकिएको अवस्थामा बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
नेपाल भारत सिमानामा खटिने भारतीय एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी एक महिलाले बताएकी छिन्। भारतबाट कबाड टिप्ने दुई तीन जना मानिसहरु भागेर आउदै गरेको तथा उनीहरुको पछि आएका एसएसबीले गोली चलाएको प्रत्यक्षदर्शी महिलाले बताईन्।
मितेरी पुल नजिकै एक राउण्ड गोलीको खोका बरामद भएको तर गोली चलेको हो होईन भन्ने बारेमा अनुसन्धान भईरहेको पर्साका प्रहरी प्रबक्ता एवम् डिएसपी दिपक भारतीले साझेदारी दैनिकलाई जानकारी दिए।
घटनाको बारेमा अनुसन्धान गरिरहेको उनले बताए ।गोलीको खोका बन्दूकबाट पडकेको अवस्थामा भेटिएपछि नेपाल भारत सिमानस्थित मतेरी पुल नजिकै स्थानीयहरुको ठुलो भिड लागेको थियो ।
कसैलाई ताकेर नभई भुलबस बन्दुकबाट गोली चलेको हुन सक्ने अनुमान गरिएको छ। घटनाको बारेमा भने अझै बिस्तृत विवरण भने आउन बाँकी नै रहेको छ।
नेपाली प्रहरी अधिकारीका अनुसार खोका देखिएको तर गोली चलेको हो कि होईन भन्ने अनुसन्धान भईरहेको छ।

