छठ र दीपावली पर्वको अवसरमा सामाग्री वितरण

राम मण्डल
348 पाठक संख्या

वीरगञ्ज : रोटरी क्लब अफ वीरगञ्जले छठ र दीपावली पर्वको अवसरमा बिभिन्न सामाग्रीहरु सोमबार वितरण गरेको छ।

हरेक वर्ष झैँ क्लबले पर्साको सखुवा प्रसौनी गाउँपालिका–१ सिद्धपुर निवासीका अति विपन्न मुसहर,उर्राउ कामी,दमाई र तामाङ्ग घर परिवार समूदायमा पुगी ७५ जनालाई विभिन्न सामाग्रीहरु वितरण गरेको हो।

क्लबले उनीहरुलाई चामल २ किलो,पिठो २ किलो,दाल १ किलो,मिठाई आधा किलो,खानेतेल आधा लिटर तथा माटोको दियो र कपड़ा लगायतका सामाग्रीहरु वितरण गरेको सामाजिक अभियन्ता प्रकाश थारुले जानकारी दिए।

एक कार्यक्रमका बिच क्लवले शुभकामना आदान प्रदान समेत गरेको थियो। क्लबका अध्यक्ष निर्मल खत्रीको अध्यक्षतामा सो कार्यक्रम भएको हो।

कार्यक्रममा सचिव राकेश मिश्रा,सह –सचिव स्वेता अग्रवाल,कोषााध्ययक्ष सह–कोषाध्यक्ष स्वेता गुप्ता,सदस्य द्वय डाक्टर प्रेरणा झा,र राजेन्द्र चौधरी लगायतको सहभागिता थियो।

Leave a review

This will close in 0 seconds