अनिलकुमार साह/ बरैनिया बजारमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली काँग्रेस विश्रामपुर गाउँपालिका कमिटि क्षेत्र नम्बर ४ को आयोजनामा विश्रामपुर गाउँपालिका वडा नम्बर २ बरैनिया बजारमा छठ पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको हो ।
नेपाली काँग्रेस विश्रामपुर गाउँपालिका वडा नं. २ का वडा सभापति इस्लाम मियाँको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेस जिल्ला कार्यसमिति बाराका उपसभापति अमिरीलाल पाल रहनु भएका थिए ।
सो कार्यक्रमको अवसर पारी विभिन्न पार्टि परित्याग गरि १० जानाले नेपाली काँग्रेस पार्टिमा प्रवेश गरेका छन।
लोसपाका डा.रिजवान अंसारी,एमालेका सकिल अंसारी,राप्रपाका भोला बैठा लगायतका रहेका छन।
सो कार्यक्रममा नेपाली काँग्रेस बारा निर्वाचन क्षेत्र नम्बर ४ ‘ख’ का क्षेत्रीय सभापति लोकेश सिंह,विश्रामपुर गापा वडा नम्बर ३ का वडा अध्यक्ष शिवचन्द्र यादव,नेपाली काँग्रेस बाराका पूर्व जिल्ला उपसभापति सुरेन्द्र गुप्ता,विश्रामपुर गापा उपसभापति मोहन साह,नेपाल तरुण दल विश्रामपुरका सभापति सत्येन्द्र प्रसाद कुर्मी लगायतकोले छठ पर्वको शुभकामना मन्तव्य राखेका थिए।
सो कार्यक्रमको सञ्चालन नेपाल तरुण दल बाराका दिपेन्द्र पटेलले गरेका थिए ।


