सात जना फरार प्रतिवादी पक्राउ

संदिप प्रसाद यादव
282 पाठक संख्या

कलैया : बारा प्रहरीले सात जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ ।

प्रहरी कारवाहीको सिलसिलामा जिल्ला प्रहरी कार्यालय बाराका मातहत तथा प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले बारा जिल्ला अदालत कलैयाबाट दण्ड सजाय तोकिएका विभिन्न मुद्दामा बरदात पश्चात फरार रहेका फरार प्रतिवादीहरूलाई खोज तलास गरी लुकिछिपि बसेको अवस्थाबाट पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले चेक अनादर मुद्दामा अदालतबाट पाँच / पाँच सय रुपैयाँ जरिवाना पाएका जीतपुरसिमरा उपमहानगरपालिका वाड नम्बर ९ मा बस्ने पहलाद चौधरी,राधाराम दुसाध र अतुल रायलाई पक्राउ गरेको छ ।

त्यस्तै प्रहरीले चेक अनादर मुद्दामा अदालतबाट ३ सय रुपैयाँ जरिवाना पाएका जीतपुरसिमरा उपमहानगरपालिका वाड नम्बर ९ मा बस्ने सरिता चौधरीलाई पनि पक्राउ गरेको हो ।

त्यसैगरी प्रहरीले जबर्जस्ती करणी मुद्दामा अदालतबाट ३० हजार रुपैयाँ जरिवाना र २ वर्ष ६ महिना कैद सजाय पाएका जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ केराढोकामा बस्ने करण सहनीलाई पक्राउ गरेको छ ।

अस्थाई प्रहरी पोष्ट बसपार्क कलैयाबाट खटिएको प्रहरी टोलिले चेक अनादर मुद्दामा अदालतबाट एक हजार रुपैयाँ जरिवाना पाएका कलैया उपमहानगरपालिका वडा नम्बर १५ बकुलहरमा बस्ने अनसारूल हल अंसारीलाई पनि पक्राउ गरेको हो ।

प्रहरीले वन मुद्दामा अदालतबाट एक वर्ष कैद र ५ हजार ७ सय ८९ रुपैयाँ २५ पैसा जरिवाना पाएका कलैया उपमहानगरपालिका वडा नम्बर १६ उत्तर झिटकैयामा बस्ने पन्नालाल मण्डललाई पक्राउ गरेको हो

उक्त फरार प्रतिवादीहरुलाई पक्राउ गरी आवश्यक कारवाहीको लागी बारा जिल्ला अदालत,कलैयामा दाखिला गरिएको जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।

Leave a review

This will close in 0 seconds