नगरस्तरीय शब्द ज्ञान प्रतियोगितामा छातापिपरामा सम्पन्न

रञ्जन यादव
283 पाठक संख्या

जीतपुर : बाराको छातापिपरामा शुक्रवार नगर स्तरीय अन्तर विद्यालय शब्द ज्ञान प्रतियोगिता सम्पन्न भएको छ।

नेपाल राष्ट्रिय माध्यमिक विद्यालय छातापिपराको आयोजनामा तथा जीतपुरसिमरा उपमहानगरपालिकाको सहयोगमा संचालित उक्त प्रतियोगितामा सामुदायिक र निजी गरी २२ वटा विद्यालयको सहभागीता रहेको थियो ।

प्रतियोगिता अन्र्तगत माध्यमिक तह (कक्षा ९–१२) तर्फ प्रथम श्री ने.रा.मा.वि. सिमरा,द्वितीय जनता मा.वि. रजघट्टा र तृतीय सरस्वती ने.रा.मा.वि. इनर्वासिरा भएको छ ।

त्यस्तै आधारभूत तह (कक्षा ६–८) तर्फ प्रथम श्री ने.रा.मा.वि. औराहा,द्वितीय राष्ट्रिय विभूति शिक्षा सदन डुमरवाना र तृतीय बारा एकता स्कूल सिमरा भएको छ ।

यता आधारभूत तह (कक्षा १–५) तर्फ प्रथम राष्ट्रिय विभूति शिक्षा सदन डुमरवाना,द्वितीयः एक्स मेन एकेडमी सुन्दरबस्ती र तृतीय जनता मा.वि. रजघट्टा भएको बिद्यालयका प्रधानध्यापक पिताम्बर चौधरीले जानकारी दिए ।

प्रतियोगिताले विद्यार्थीहरूलाई भाषा शिक्षामा प्रेरित गर्नुका साथै विद्यालयहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गरेको जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रमुख राजन पौडेलले जानकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयहरूलाई प्रमाणपत्र र पुरस्कार प्रदान गरिएको थियो ।सामुदायिक विद्यालय १३ वटा र निजी विद्यालय ९ वटा सहभागी यस प्रतियोगितालाई सफल बनाउन शिक्षक,विद्यार्थी र अभिभावकको महत्वपूर्ण भूमिका रहेको आयोजकले जनाएको छ ।

प्रतियोगिताको निर्णायकको भुमिकामा रामदत्त जोशी,कृष्ण प्रसाद घिमिरे र श्रीधर भण्डारी रहनुभएको थियो । प्रतियोगितमा उत्कृष्ट गर्नेहरुलाई शिल्ड,मेडल र प्रमाण पत्रले शिक्षा,युवा तथा खेलकुद शाखा प्रमुख उपसचिव शिवजी प्रसादले पुरस्कृत गर्नुभएको थियो ।

Leave a review

This will close in 0 seconds