तीन लाख नौ सय बराबरको बिभिन्न अवैध सामान बरामद

संदिप प्रसाद यादव
379 पाठक संख्या

कलैया : बारा प्रहरीले तीन लाख नौ सय रुपैयाँ बराबरको बिभिन्न सामान बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय बारा तथा मातहत समेत प्रहरी ईकाइ कार्यालयहरूबाट खटिएका प्रहरी टोलीहरूले जिल्लाको विभिन्न स्थानबाट भन्सार छलीका र सामानको स्रोत खुलाउन नसकेको अन्दाजी तीन लाख ९ सय रूपैया बराबरको विभिन्न सामानहरू बरामद गरेको हो।

ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज चोक स्थितमा पथलैयाबाट हेटौंडा तर्फ जादै गरेको बा.प्र.०१०–००६ ख ५२१७ नम्बरको यात्रु बाहक बसमा लोड रहेको कपडा बरामद गरेको छ।

सो यात्रु बाहक बसबाट अन्दाजी रू.७० हजार रुपैयाँ बराबरको भेष्ट ९६ पिस, हाप कटु २० पिस र मरिच २५ किलो बिल नभएको सामान बरामद गरेको प्रहरीले जनाएको छ।

त्यस्तै ईलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरी टोलिले जिल्लाको फेटा गाउँपालिका वडा नम्बर ३ स्थितमा भारत बाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको चिनी र चामल बरामद गरेको छ।

प्रहरीले अन्दाजी मुल्य रू.१२ हजार दुई सय रुपैयाँ बराबरको चिनि २ बोरा (१०० किलो) र चामल २ बोरा बरामद गरेको हो।

त्यसैगरी प्रहरी चौकी बसतपुरबाट खटिएको प्रहरी टोलिले कलैया उपमहानगरपालिका वडा नम्बर १२ फुलवरिया स्थितमा भारतबाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको अन्दाजी मुल्य रू.५० हजार रुपैयाँ बराबरको ५ बोरा ज्याकेट (१०० पिस) बरामद गरेको छ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १ पथलैया चोक स्थितमा वीरगंजबाट सुर्खेत तर्फ जादै गरेको ना ६ ख ७२२४ नं.को यात्रु बाहक बसमा लोड गरेको ओखर बरामद गरेको प्रहरीले जनाएको छ ।

सो ओखर अन्दाजी मुल्य रू.४८ हजार ५ सय रुपैयाँ बराबरको ओखर १० बोरा (१०० किलो) बरामद गरेको हो ।

प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलिले बिश्रामपुर गाउँपालिका वडा नम्बर ४ बलिरामपुर स्थितमा भारत बाट नेपाल तर्फ भन्सार छली गरी ल्याउदै गरेको कपडा बरामद गरेको छ।

सो कपडा अन्दाजी मुल्य रू. १ लाख २० हजार दुई सय रुपैयाँ बराबरको मोजा २ सय १६ जोर, ऊनिउको गलबन्दी २८ पिस र ऊनिउको टोपी १ सय २६ पिस नियन्त्रणमा लिएको छ।

उक्त सामानहरुलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिएका हुन् ।

Leave a review