मेयर यादवले रजवडामा गरे दश कोठे विद्यालय भवनको शिलान्यास

साझेदारी दैनिक
335 पाठक संख्या

रौतहट : ओम प्रकाश यादव/ दश कोठे विद्यालय भवनको शिलान्यास रौतहटको माधवनारायण नगरपालिका मेयर बैजनाथ प्रसाद यादवले गरेका छन् ।

माधवनारायण नगरपालिका वडा न. ८ रजवडामा रहेको प्राथमिक विद्यालयको एक तले भवनको शुक्रबार मेयर यादवले शिलान्यास गरेका हुन्।

एक कार्यक्रमका बीच नगर प्रमुख यादवले उक्त भवनको शिलान्यास गरेका हुन्।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत लाखौंको लागतमा सो भवन निर्माण हुने मेयर यादवले बताए। भवनको निर्माणको काम चाडै सम्पन्न हुने उनले जानकारी दिए।

लामो समयदेखि त्यहाँ रहेको भवनको अभावका कारण विद्यार्थीहरुलाई पठन पाठनमा समस्या रहेको थियो। सो अवस्थालाई दृष्टिगत गरी विद्यालय भवनको शिलान्यास गरिएको मेयर यादवले बताए।

तत्काललाई एक तले भवन निर्माण गरिने छ। पछि आवश्यकताको आधारमा त्यसमा एक तल्ला अझै थप गरी दुई तल्ले बनाउने उनले बताए।

सो भवन निर्माण भएपछि विद्यार्थीहरुलाई पठन पाठन गर्न सहज हुने भएको छ। मेयर यादवले सो वडामा यसअघि वडा कार्यालय भवन र स्वास्थ्य चौकीको जीर्ण भवनलाई भत्काएर नयाँ भवन निर्माण गरिसकेका छन्।

नगरको प्रत्येक वडामा शिक्षा,स्वास्थ्य कृषि र भौतिक पूर्वाधार निर्माण कार्यलाई प्राथमिकतामा राखेर आपूmले काम गरिरहेको मेयर यादवले बताए।

Leave a review