नेपाल विद्यार्थी संघ बाराद्वारा गढिमाई मेलामा निःशुल्क स्वास्थ्य शिवीर

साझेदारी दैनिक
478 पाठक संख्या

कलैया : अनिल कुमार साह / बाराको महागढीमाई नगरपालिका १ बरियापुरमा लागेको गढीमाई मेलामा नेपाल विद्यार्थि संघ जिल्ला कार्य समिति बाराले स्वास्थ्य शिवीर लगाएको छ।

संघले विश्व प्रसिद्ध मेला भर्न आउने स्वदेशी तथा बिदेशी श्रद्धालु भक्तजनहरुका लागि बिहीबार निःशुल्क स्वास्थ्य शिवीरको आयोजना गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराका उपसभापति मनोज भट्ट रहेका हुन्। उनले स्वास्थ्य शिवीरको सञ्चालन गरेर नेविसंघले सामाजिक काम गरेको भन्दै प्रशंसा गरे।

यसले अरु संस्थाहरुलाई समेत यस्तो काम गर्न हौसला प्रदान गर्ने जनाए।

कार्यक्रममा नेपाली कांग्रेस जिल्ला कार्य समिति बाराका कोषाध्यक्ष बासुप्रसाद चौधरी,नेपाली कांग्रेस बारा क्षेत्र न.४(ख) क्षेत्रीय सभापति लोकेश सिंह,पूर्व प्रदेश सभा सदस्य शोभा लामा ने.का.जिल्ला सदस्य तथा निजगढ न.पा पुर्व मेयर सुरेश खनाल,पुर्व बारागढी गाउँपालिकाका अध्यक्ष देवदत्त बछारको सो अवसरमा विशेष उपस्थिति रहेको हो।

सो शिवीर उद्घाटन कार्यक्रममा नेपाल शिक्षक संघ बारा जिल्ला अध्यक्ष राजकिशोर सहनी,नेपाल शिक्षक संघ कोल्हबी नगर अध्यक्ष रामप्रसाद चौधरी,नेपाली कांग्रेस महासमिति सदस्य श्यामबाबू गुप्ता,ने.का.महाअधिबेशन प्रतिनिधि राधादेवी साह,नेपाल थारु बिभाग केन्द्रिय सदस्य कुलमनी चौधरीको समेत विशेष उपस्थिति रहेको हो।

यस्तै नेपाली कांग्रेस निजगढ न.पा.वडा न.८ का पुर्ब सभापति वीरेन्द्र श्रेष्ठ,ने.बि.संघ केन्द्रिय सदस्य शिव कुमार चौधरी र ने.बि.संघ बारा कापदाधिकारी र सदस्य लगायतको सो अवसरमा उपस्थिति रहेको थियोे।

शिवीर उद्घाटन समारोहको अध्यक्षता नेपाल विद्यार्थि संघ जिल्ला कार्य समिति बाराका अध्यक्ष समिर चौधरीको रहेको थियो।

Leave a review

This will close in 0 seconds