चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि राष्ट्रिय बिभुतीलाई

रञ्जन यादव
539 पाठक संख्या

बारा : जीतपुरसिमरा उपमहानगर स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि राष्ट्रिय बिभुती शिक्षा सदन डुमरवानाले जितेको छ । यो राष्ट्रिय बिभुती शिक्षा सदनको लगातार तेस्रो जीत हो ।

जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा आईतवार नेपाल राष्ट्रिय नमुना माध्यमिक विद्यालयमा सम्पन्न चौथो राष्ट्रपति रनीङ शिल्डको उपाधी राष्ट्रिय बिभुती शिक्षा सदन डुमरवानाले जितेको सचिवालय बिद्यालय श्री ने.रा.मा.बि. औराहाका प्रधानध्यापक रामदत्त जोशिले जानकारी दिए ।

उपमहानगरपालिकाको वडा न ४ औराहामा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा ४ दिन सम्म संचालन भएको प्रतियोगितामा १७ गोल्ड मेडल,१० सिल्भर मेडल र २ ब्रोन्ज मेडल सहित राष्ट्रिय बिभुती सामुदायिक शिक्षा सदन डुमरबाना प्रथम र सेन्ट अल्फान्स बोर्डिङ स्कुल ८ गोल्ड मेडल ५ सिल्भर मेडल र २ ब्रोन्ज मेडल सहित द्धितीय स्थान प्राप्त गरेको छ ।

यसैगरी नेपाल राष्ट्रिय माध्यमिक विद्यालय पथलैयाले ५ गोल्ड मेडल २ सिल्भर मेडल र २ ब्रोन्ज मेडल सहित तृतीय स्थान प्राप्त गरेको छ ।२७ वटा विद्यालयको कक्षा १० सम्म अध्यन गर्ने १८ वर्षसम्मका विद्यार्थीहरुले सहभागीता रहेको प्रतियोगिता कवडी,भलिबल,एथलेटिक्स,कराते र तेक्वान्दो बिधामा प्रतिस्पर्धा भएको सचिवालय विद्यालय नेरा मा.बि औराहाका प्रधान्ध्यापक जोशिले जानकारी दिए ।

प्रतियोगितामा पहिलो दोश्रो र तेश्रो हुने विद्यालयलाई रनिङ शिल्ड ट्रफी मेडल र प्रमाणपत्र सहित क्रमश २० हजार १५ हजार र दस हजार नगद पुरस्कार प्रदान गरिएको थियो । चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समापन समारोहमा बोल्दै मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले हरेक सामुदायिक बिद्यालयमा मधेश प्रदेश सरकारले खेलकुद शिक्षक राख्ने गृहकार्य गरिरहेको बताए ।

जसकोलागि नियमावली बनाउँनेतर्फ ध्यान केन्द्रित गरेको जानकारी दिए । मन्त्री जयसवालले आफनो कार्यकालमा खेलकुद आउँदा खेलाडि तथा खेल पे्रमीहरु दिपावली आएको अनुभुती गर्दै दिपावली मनाएको सम्झे ।

मन्त्रालय अहिले बिद्यालयमा खेलकुदमा लागेका बिद्यार्थी देखि ब्यवसायिक रुपमा लागेका खेलाडिहरुको बिवरण संकलन गर्न तर्फ लागिरहेको बताए । उनले संघ ,प्रदेश र स्थानीय तहको समन्वयमा पुर्ब खेलाडिहरुको भेला गरी उनीहरुलाई सम्मान गर्ने सोच बनाएको जानकारी दिए ।

मधेश प्रदेशका खेलाडिहरुलाई खेल्ने क्रममा वा खेलमा जाने क्रममा हुने दुर्घटनालाई मध्यनजर गर्दै खेलाडि बिमा गर्ने कार्यक्रम अघि बढाउँन लागेको मन्त्री जयसवालले बताए । समापन समारोहमा बोल्दै जीतपुरसिमरा उपमहानगरपालिकाको नगरप्रमुख राजन पौडेलले ग्रासरुटबाट नै दक्ष खेलाडि निकाल्ने योजना सहित उपमहानगरपालिका लागेको बताए ।

उनले बिद्यालयलाई लक्षित गर्दै खेलकुदका बिभिन्न योजनाहरु अघि बढाएको जानकारी दिए ।समापन कार्यक्रममा खेलमा विभिन्न विधामा जित हात पारेका विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो ।

समापन कार्यक्रमा मधेश प्रदेश सभा सदस्य देवनारायण चौधरी,पूर्व प्रदेश सभा सदस्य सीता गुरुङ,सुन्दर बिश्वकर्मा,जीतपुरसिमरा उपमहानगरपालिका वडा न १० का वडाध्यक्ष सन्जय पटेल,वडा न २० का वडाध्यक्ष रसुल मिया लगाएत सहभागी विद्यालयको शिक्षक शिक्षिका लगाएत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

समापन कार्यक्रमको सञ्चालन शिक्षक धन प्रसाद बजगाँईले गरेका थिए ।

Leave a review