पर्सामा भन्सार छलीका कपडा बरामद

साझेदारी डेलि
58 पाठक संख्या

कलैया । पर्सा प्रहरीले ११ लाख दुई हजार एक सय ४० रुपैयाँ बराबरको कपडा बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्ज महानगरपालिका वडा नं.१६ ईनर्वागाउँ स्थितबाट भन्सार छली ओसार पसार गर्दै गरेको अवस्थामा नियन्त्रणमा लिई विभिन्न किसिमका लत्ताकपडाहरू बरामद गरिएको हो।

कपडालाई वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जानकारी मल्लले जनाएका छन्।

Leave a review