सार्वजनिक पोखरी नक्कली कागजात बनाई व्यक्तिको नाममा जग्गादर्ता

संदिप प्रसाद यादव
427 पाठक संख्या

कलैया : सार्वजनिक पोखरीको नक्कली कागजात बनाई व्यक्तिकको नाममा दर्ता गराएको खुलेको छ।

बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २६ मा रहेको सार्वजनिक पोखरी एक ब्यक्तिले आफ्नो नाममा दर्ता गराएको बिहीवार कलैया उपमहानगरपालिका वडा न २६ को वडाध्यक्ष धर्मेन्द्र यादवले पत्रकार सम्मेलन गरि जानकारी गराएका हुन।

लामो समयदेखि ऐलानी रहेको साबिक गा.बि.स महेशपुर वडा नम्बर १ हाल कलैया उपमहानगरपालिका वडा नम्बर २६ को कित्ता नम्बर ७ को ०–१४–१०–० जग्गाको पोखरीको नक्कली कागजात बनाई अहिरिनिले आफ्नो नाममा दर्ता गराएको उनले बताए ।

वडा भित्र रहेको एलानी सार्वजनिक पोखरीको जग्गा सम्बन्धि आफुहरु मालपोत कार्यालय बारामा सो जग्गा बुझ्न जादा कार्यालयमा उक्त जग्गाको कुनै पनि फाईल नभेटेको समेत उनले बताए ।

सरकारी फिल्ड बुकमा पोखरी रहेको र एलानी किताबमा पनि उक्त जग्गा सार्वजनिक रहेको समेत अध्यक्ष यादवले बताएका छन् । अदालतले पनि उपमहानगरपालिका र वडालाई कारण देखाउ आदेश गरेको समेत वडा अध्यक्ष यादवले बताए ।

गा.वि.स. महेशपुर वडा न १ कि.न.७ ज.वि. ०–१४– १० को सरकारी सार्वजनीक पोखरी जग्गा कलैया उपमहानगर पालिका वडा न. २६ बस्ने दुलरीया अहिरीनको नाममा श्रेस्ता कायम देखी आएकोले उक्त सार्वजनीक जग्गा व्यक्ती विशेषको नाउँम के– कसरी कायम हुन गयो बदर गरी पाउँ भनी माग मालपोत कार्यालय कलैयामा निवेदन समेत परेको वडा अध्यक्ष यादवले जानकारी गराए ।

यता कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद प्रसाद साहले “ उक्त पोखरीमा माछा पालनको ठेक्का लगाएपछि जग्गाधनी दुलरिया देवी अहिरिनिले मेरो निजि जग्गा हो भनेपछि मैले भने निजि जग्गा हो भने लालपुर्जा लिएर आउनुस म उक्त पोखरीको ठेक्का रद्द गर्ने बताए । तर उक्त जग्गाधनीले हालसम्म लालपुर्जा ल्याएको छैन “ उनले भने

ऐलानी,सार्वजनिक,मठ,मस्जिदको जग्गा सबै आफ्नो कन्ट्रोलमा राख्ने उनले बताए । साथै सार्वजनिक जग्गाको हिनामिना,मिलोमतोमा पास गर्ने तथा नक्कली लालपुर्जा बनाउने र मालपोतका कर्मचारीलाई कालो मसो दल्ने समेत चेतावनी दिएका छन् ।

बारा जिल्लामा बढी सार्वजनिक जग्गा रहेको हुनाले यहाँ भुमाफियाहरुले जलसाजी गरेर सार्वजनिक जग्गाहरु आफ्नो नाममा गराउने गरेको छ। भुमाफियाहरुको समुहले मालपोत कार्यालयलाई समेत आर्थिक प्रलोभन देखाएर नक्कली कागजात बनाउने गरेको छ।

उक्त विषयमा भुमी सुधार तथा मालपोत कार्यालय बाराका प्रमुख मालपोत अधिकृत शालिकराम ढकालसंग बुझ्दा श्यामबाबू प्रसाद यादवले सार्वजनिक जग्गा व्यक्ति विशेषको नाममा के कसरी दर्ता कायम भएको हुन गयो बदर गरि पुन सरकारी सार्वजनिक पोखरी कार्य गरि पाउ निवेदन दर्ता गराएकोले छानबिन प्रक्रिया अन्तिम टुङ्गो नलागे सम्म जग्गा कुनै पनि हक हस्तान्तरण नहुने गरी रोका राखेको बताएका छन् ।

साथै जग्गाधनी दुलरिया अहिरिनीलाई प्रमाण समित ७ दिने उपस्थितको म्याद जारी गरेको उनले बताए । तामेली शाखामा उक्त जग्गाको वितरणको छानबिन कार्य अगाडी बढाइएको बताए । सरकारी जग्गाको संरक्षण मालपोत कार्यालयको रहेको समेत उनले बताए ।

सम्बन्धित जग्गाको कागजात चेकजाँच हुने उक्त एलानी सार्वजनिक पोखरीको जग्गा सम्बन्धि थप अनुसन्धान कार्य भैइरहेको र दोषिलाई कानुनी कार्वाही गर्ने समेत प्रमुख मालपोत अधिकृत ढकालले बताए ।

Leave a review

This will close in 0 seconds