खाद्यान पदार्थ माथि लगाएको कर खारेज गर्न व्यावसायीको माग

साझेदारी दैनिक
250 पाठक संख्या

कलैया : नेपाल सरकारले खाद्यान पदार्थ माथि लगाएको कर खारेज गर्न किराना ब्यापारीहरुले माग गरेका छन ।

रौतहटको नुनथरमा शनिबार सम्पन्न किराना ब्यापार संघ कलैया बाराको ९ औ बार्षिक साधारणमा बोल्दै किराना ब्यापारीहरुले यस्तो माँग गरेका हुन । सरकारले खाद्यान पदार्थ माथि कर लगाएर किराना ब्यापारलाई धरासायी बनाएको उनीहरुले आरोप लगाए ।

सरकारले ब्यापारी संग कर मात्र लिने गरेको उनीहरुको भनाई रहेको थियो । उनीहरुले ब्यापारीलाई सुबिधा दिन माग गरे । उनीहरुले सबै किराना ब्यापारीहरुलाई एक जुट हुन आग्रह गरे ।

मैक्स टाईगरका प्रभु कुशवाहाको प्रमुख आतिथ्यमा सम्पन्न साधारण सभामा किराना ब्यापार संघका पुर्व अध्यक्ष बिष्णु उपाध्याय,बरिष्ठ उपाध्यक्ष दिपलाल साह,किरना ब्यापारी सजय पटेल,प्युरिटी खाद्य तथा मसाला उधोगका राजकुमार ठाकुर लगायतकाले मन्तब्य गरेका थिए।

साधारण सभामा संघका महासचिव बाबु योगेन्द्र कुमारले प्रगती प्रतिबेदन प्रस्तुत गरेका थिए । संघका अध्यक्ष सुनिल साहको अध्यक्षतामा भएको कार्यक्रममा सञ्चालन चन्दन साह एवम् स्वागत संघका बरिष्ठ उपाध्यक्ष ज्ञानेशवर यादवको रहेको थियो ।

साधारण सभामा संघका पुर्व उपाध्यक्ष पपु गुप्ता,बबलु गुप्ता,शयाम साह लगायतका किराना ब्यापारीहरुको सहभागिता रहेको थियो ।

यसैबीच किराना ब्यापार संघ कलैयाले एक कार्यक्रम आफनो जन्मउत्सव मनाएको छ । संघका अध्यक्ष सुनिल साहले केक काटी संघको जन्म उत्सव मनाएका हुन ।

Leave a review

This will close in 0 seconds