निजगढका पूर्व नगर प्रमुख सुरेश कुमार खनाल र उनकी पत्नी बिनिता खनालले शनिबार एक गुम्बालाई सहयोग गरेका छन् ।
खनाल दम्पतिले निजगढको लालस्थित पल्युल साम्तेलिङ बौद्ध गुम्बामा सहयोग गरेका हुन्।
खनालकी पत्नि बिनिता खनालको जन्मोत्सव र विक्रम संवत २०८१ को अवसरमा गुम्बामा संचालन हुने बौद्ध धर्म शिक्षा अर्थात लामा पाठशाला संचालनमा सहयोग पुर्याउन गुम्बालाई सहयोग हस्तान्तरण गरेका हुन् ।
गुम्बामा संचालन भईरहेको लामा पाठशालाकोलागी आर्थिक अभावका कारण अप्ठ्यारो परिस्थिति सृजना भएको गुनासो आएपछी आफुलाई प्रशिक्षार्थीहरुको लागी सहयोग गर्ने ईच्छा लागेको कारण आफ्नो पत्निको जन्म दिन र विक्रम संवतको अवसरमा गुम्बा परिसरमा एक कार्यक्रमको आयोजना गरी सहयोग सामाग्री हस्तान्तरण गरेका हुन् ।
सहयोग हस्तान्तरणको क्रममा गुम्बाका प्रमुख धर्म गुरु साङ्गे छिरिङ लामाले नजिकका स्थानीय र चिनजानका साथिभाईको सहयोगमा गुम्बा संचालन भईरहेको जनाए ।
कार्यक्रममा लामा प्रशिक्षार्थीहरुलाई ३३ थान लामा पोशाक,१७ दर्जन कपि र १७ दर्जन डटपेन वितरण गरिएकोथियो ।
सो कार्यक्रममा निजगढ वडा नम्बर १२ का वडा अध्यक्ष ज्ञानबहादुर गोले,वडा नम्बर १३ का वडा अध्यक्ष सुर्य घलान,कार्यपालिका सदस्य मिना चौरेल,वडा नम्बर १० का वडा सदस्य कुमार मोक्तान,वडा नम्बर १० का पुर्व वडा अध्यक्ष पदमबहादुर मोक्तान लगायत स्थानीय समाजसेवीहरुको सहभागिता रहेको थियो ।


