लागु औषध मुद्दामा पक्राउ परेका साहलाई निःशर्त रिहा गर्न माग

साझेदारी दैनिक
220 पाठक संख्या

कलैया : लागु औषध मुद्दामा पक्राउ परेका बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर २ निवासी रामसेवक साह कानुलाई तत्काल निशर्त रिहा गर्न माग गर्दे जिल्लाका राजनैतिक दलहरुले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापन पत्र बुझाएका छन ।

उनीहरुले प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीलाई बुधबार उक्त ज्ञापन पत्र बुझाएका हुन । ज्ञापन पत्रमा निर्दाेष साहलाई तत्काल रिहाई गर्नुपर्ने,छानबिन समिति गठन गर्नुपर्ने,साहलाई फसाउने कार्यमा सलग्न व्यक्ति तथा प्रहरी अधिकारीलाई कारवाही गर्नुपर्ने लगायतको माग गरिएको छ ।

ज्ञापन पत्र बुझाउनेमा जसपाका केन्द्रिय सदस्य रामकिशोर यादव,जसपाका नेता एवम् संविधान सभासदस्य प्रमोद गुप्ता,नेकपा एमाले बाराका अध्क्षक्ष अदयानन्द पाण्डेय,कलैया उपमहानगरपालिकाका नगरप्रमुख बिनोद साह,नेकपा माओबादीका नेता मुकेश साह,नेपाली काँग्रेसका जंगबहादुर चौरसिया,जटाशंकर सहनी,जनमत पार्टी बाराका शिवनाथ पटेल,प्रभु पटेल, बिकाश सिंह,बिबेकशिल साझा पार्टीका डा. शुशिल साह,लोसपाका श्याम गुप्ता,नागरिक उन्मुक्ति पार्टीका रामचन्द्र चौधरी लगायतका रहेका छन ।

ज्ञापन पत्रको बोधार्थ जिल्ला प्रशासन कार्यालय मार्फत गृह मन्त्रालय काठमाण्डौ,प्रहरी महानिरिक्षक,प्रहरी प्रधान कार्यालय नक्साल,मधेश प्रदेश प्रहरी प्रमुख जनकपुर,राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय काठमाण्डौमा पठाईएको छ।

रामसेवक साह कानुलाई त पुस १९ गते शुक्रबार प्रहरीले अबैध लागु औषध सेतो पदार्थसहित पक्राउ गरेको दाबी गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढमा कार्यरत प्रहरी हवलदार गजेन्द्र यादवले उनलाई जबरजस्ती फसाएको भन्दै जिल्लाका राजनैतिक दलहरुका नेताहरु आन्दोलित भएका हुन ।

Leave a review