कलैया : राजेश कुशवाहा / बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ५ प्रष्टोका स्थित सडक खण्डमा बिहीबार मध्यान्ह एक भारतीय नम्बरको बोलेरो गाडी बाट अबैध लागु औषध गाँजा सहित तीन जना भारतीय नागरिकलाई बारा प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बोलेरो चालक भारत,उत्तर प्रदेश,जिल्ला कोशिनगर,थाना पटेर्वा ग्राम पञ्चायत जवरा बजार श्री दुबेअमवा बस्ने ३८ वर्षीय धर्मेन्द्र गुप्ता,बोलेरोमा सवार देश भारत,उत्तर प्रदेश, जिल्ला शिवान थाना नौतन ग्राम पञ्चायत सेमरा बस्ने ४८ वर्षीय चन्द्रभान कुशवाहा र बोलेरोमा सवार भारत,उत्तर प्रदेश,जिल्ला लखनउ,नगरपालिका लखनउ भाता सरोजनीनगर एण्ड डे ए कालोनी ट्रान्सपोर्ट नगर बस्ने ३२ वर्षीय चन्द्रभान श्रीवास्तव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकास सापकोटाले जानकारी दिएका छन् ।
ईलाका प्रहरी कार्यालय प्रसौनीका प्रहरी निरीक्षक सुरेशराज भट्टको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई अबैध लागु औषध गाँजा सहित पक्राउ परेको हो ।
प्रष्टोकाबाट बेलहिया तर्फ आउदै गरेको भारतीय प्लेट भएको यु.पी ३२ बि.एक्स ४७२६ नम्बरको बोलेरो गाडीलाई रोकी चेकजाँच गर्दा लुकाई छिपाई राखिएको १० किलो अबैध लागु औषध गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद भएको अबैध लागु औषध गाँजा सहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको बारा प्रहरीले जानकारी दिएको छ।


