वीरगञ्ज : स्कुल बसको ठक्करबाट वीरगञ्जमा मंगलबार एक जनाको ज्यान गएको छ ।
स्कुल बसको ठक्करबाट बाराको फेटा गाउँपालिका–५ बस्ने चोकट भन्ने तैमुदिन मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
साइकलमा सवार रहेका मियाँलाई वीरगञ्जको तेजस एकेडेमीको ना ५ ख १५०४ नम्बरको बसले ठक्कर दिएको थियोे ।
वीरगञ्ज महानगरपालिका–१६ मा सो घटना भएको हो। बसको ठक्करबाट घाइते भएका उनको उपचारको लागि नारायणी अस्पतालमा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको थियोे।
ठक्कर दिने बस र चालक देव पासवानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिएको प्रहरीले जानकारी दिएको छ।


