रौतहट : करण कुमार मिश्र/ रौतहटको कटहरिया नगरपालिकामा लगाइएको ताल्चा खुलेको छ। सो नगरपालिकामा उपप्रमुख लगायत जनप्रतिनिधिहरुले लगाएको ताल्चा एक महिनापछि बिहिवार खोलिएको छ।
तालाबन्दीले नगरपालिकाको सम्पूर्ण कामकाज प्रभावित रहेको थियो। स्थानीयहरुले ताल्चा खुलाउन पालिकाको प्राङ्गणमा बिहिवार कडा प्रदर्शन गरेका थिए।
स्थानीयले कडा प्रदर्शन गरेपछि कटहरियामा केहिबेर माहोल तातेपछि सुरक्षाकर्मीले अवस्थालाई सामान्य पारेको थियो। त्यसपछि नगरप्रमुख अजयप्रकाश जैसवालले जनप्रतिनिधिहरु सित वार्ता गरेपछि ताल्चा खोलिएको हो।
तल्चा खुलाउन सम्बन्धमा बिहिवार बसेको सर्वपक्षीय बैठकबाट नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएको भोलिपल्ट बोर्ड बैठकको लागि पत्राचार गरिने छ। गत २० गतेको निर्णय माथीपुनः छलफल गरिने सर्तमा नगरपालिकामा लागाएको ताल्चा खोलिएको वडा नम्बर ५ का अध्यक्ष सर्फलाल प्रसाद गुप्ताले बताएका छन्।
ताल्चा खुलेपछि नगर प्रमुख जयसवालले पत्रकारहरुसंग कुरा गर्दै गत २० गते भएको निर्णयमा कुनै प्रकारको समस्या नरहेको उनले बताए।
आफूलाई पटक पटक बाधा अवरोध गरेर तालाबन्दी गरेको बताए। नगरको विकास निर्माण कार्यलाई प्राथमिकतामा राखेर सधैं आफू अगाडि बढिरहेको बताए । तैपनि केहि जनप्रतिनिधिहरुले आफुलाई असक्षम साबित गर्न कुनै कसर बाकी नराखेको बताए।
नगर प्रमुख जयसवालले भने’बोर्ड बैठकको निर्णयमा चित्त नबुझे अर्को बैठक बाट माग सम्बोधन गरेर चित्त बुझाउनुको सट्टा नगरपालिका कार्यालयमा पटक पटकको तालाबन्दीले स्थानीय जनताले पनि उनीहरुको स्वार्थ बारे थाहा पाएपछि तालाबन्दी खुलाउन नगरबासी सहित नगरका महिलाहरु समेत पालिका कार्यालयमा पुगेको बताए।
कटहरियामा गत पुस ९ गते उपमेयर रिता देवी सहित ६ बटै वडा अध्यक्षहरुले नगरपालिका कार्यालयमा तालाबन्दी गरेको थियो।

