जनमतद्वारा आठौं निशुल्क आँखा शिविर सम्पन्न

साझेदारी दैनिक
179 पाठक संख्या

वीरगञ्ज : जनमत पार्टी पर्साको लोककल्याणकारी अभियान जारी राखेको छ। यस अभियान अन्तर्गत आठौं निशुल्क आँखा शिवीर सम्पन्न भएको छ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैयामा आँखा शिवीर सम्पन्न भएको हो। शिवीरमा १ सय १२ जनाको आँखाको जाँच गरिएको छ। जसमध्ये ४४ जनामा मोतियाबिन्दुको समस्या फेला परेको जनमत पार्टीका पर्सा अध्यक्ष ओमप्रकाश सर्राफले साझेदारी दैनिकलाई बताए।

मोतियाबिन्दु देखिएकाहरुको वीरगञ्ज सामुदायिक आँखा अस्पतालमा निशुल्क शल्यक्रिया गरिने उनले जनाए। शिवीरमा वीरगञ्ज सामुदायिक आँखा अस्पतालका डा. महेश सिंह धामी लगायतको टोलीले आँखाको जाँच गरेका थिए ।

जिल्लाका आम नागरिक,सर्वसाधारणलाई दृष्टिगत गर्दै आँखा जाँचको अभियान सुरु गरिएको बताए । ग्रामीण इलाकाका नागरिकहरु स्वास्थ्य सेवाको पहुँच गराउन अभियान नै चलाएर जाँच र शल्यक्रिया सुरु गरिएको अध्यक्ष सरार्फले जनाए।

कार्यक्रमको समन्वय,सहजीकरण स्थानीय नेताहरू किशोर कुशवाहा,कृष्णप्रसाद कानु(लड्डु), भोला ठाकुर लगायतकाले गरेका थिए।

कार्यक्रममा नेताहरू रम्भा मिश्र,संजय सिह,संजय सरार्फ,लोकेश कर्ण,सिकेन्द्र राम लगायतको सक्रिय सहभागिता रहेको थियो।

अभियान अन्तर्गत अहिले सम्म सहर देखि गाउँ सम्म ११ सय जना लाभान्वित भएका छन् । २४० जनाको निशुल्क मोतियाबिन्द लगायतको शल्यक्रिया सफलता पुर्वक सम्पन्न भएको छ।

Leave a review