प्रहरी उपरीक्षक तमाङ्गलाई नगर उबासंघद्धारा स्वागत

रञ्जन यादव
263 पाठक संख्या

जीतपुर : जिल्ला प्रहरी कार्यालय बारामा सरुवा भएका आएका प्रहरी उपरीक्षक प्रहरी प्रमुख सन्तोष तामाङ्गलाई जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघले सोमबार एक समारोहबीच स्वागत गरेको छ ।

नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा लामिछानेले विगत लामो समयदेखि जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको सम्बन्ध प्रहरी प्रशासनसँग सुमधुर रहदै आएको बताउँदै आगामी दिनहरूमा पनि सम्बन्ध अझ बढी प्रगाढ रहने अपेक्षा व्यक्त गरका छन ।

उनले जिल्लाको आर्थिक,समाजिक एवं समग्र विकासका लागि प्रहरी कार्यालयसँग हातेमालो गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा प्रहरी प्रमुख तामाङ्गलले जीतपुरसिमरा आर्थिक,सामाजिक एवम् रणनीतिक हिसाबले महत्वपूर्ण ठाउँ भएको बताउँदै उद्योगी व्यापारीको समस्या समाधान गर्नका साथै निजी क्षेत्रको उत्थानका लागि प्रहरी सदैव सहकार्य गर्न तयार रहेको बताए ।

जिल्लाको शान्ति,सुरक्षा कायम राख्न कटिबद्ध रहने र कानुन प्रावधानमा रहेर व्यापार व्यवसाय गर्न सबैमा अनुरोध गर्नुभयो ।

जीतपुरसिमरा उद्योग वाणिज्य संघले सोमबार आयोजना गरेको स्वागत परिचय तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक तामाङ्गले सुरक्षा बिना विकास र सम्वृद्धि सम्भव नभएको भन्दै आम व्यवसायी र नागरिकको सुरक्षामा कुनै कमि हुन नदिने समेत प्रतिबद्दता व्यक्त गर्नुभयो कार्यक्रमा जीतपुरसिमरा नगर उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको सञ्चालन नगर उद्योग बाणिज्य संघका महासचिव प्रकाश गिरीले गरेका थिए ।

Leave a review

This will close in 0 seconds