गरुडा : सरकारले ल्याएको मिडिया एवं समाजिक सजाल विधेयक विरुद्ध श्रमजीवी पत्रकार संघ रौतहटले मंगलबार रौतहटको गौरमा प्रर्दशन गरेको छ ।
संघले विधेयक खारेजीको माग गर्दै मौन जुलुस प्रदर्शन तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम सम्पन्न भएको छ। भने संघले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
मंगलबार दिउँसो ३ः०० बजे,मधेसी क्रान्ति विपी चौक,गौरमा जिल्लाका सम्पूर्ण श्रमजीवी पत्रकारहरूको सहभागितामा प्रदशन गरेको हो ।
पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तामाथि अंकुश लगाउने नियतले ल्याइएको विधेयक प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्धको कदम भएकाले तुरुन्त फिर्ता लिनुपर्ने श्रमजीवी पत्रकार संघका जिल्ला अध्यक्ष संतोष पौडेले माग गरेका छन्।
“मलाई लेख्न र बोल्न दे सरकार” भन्ने नारासहित मौन जुलुस प्रदर्शन गरेको संघले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी (सीडीओ) मार्फत सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएको पत्रकार संघका जिल्ला अध्यक्षा पौडेलले बताए । विधेयक खारेज नभएसम्म चरणबद्ध संघर्ष जारी राख्ने चेतावनी समेत दिएका छन्।


