कुटपिटबाट मृत्यु भएका मण्डलको शवसहित कलैयामा प्रदर्शन

साझेदारी दैनिक
334 पाठक संख्या

कलैया :राजेश कुशवाहा/ बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित नवजन्म पुनःस्थापना केन्द्रमा राखिएका एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर ९ बस्ने ३७ बर्षिय धिरेन्द्र भनिने प्रदिप प्रसाद मण्डल भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । मण्डलको मृत्यु सामुहिक कुटपिटबाट भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

गत १५ दिन पहिले मात्र उक्त पुन स्थापना केन्द्रमा भर्ना भएका मण्डलको मण्डललाई केन्द्रमा विहीबार राति सामुहिक रुपमा कुटपिट गरिएको सिसिटिभी फुटेजमा देखिएको छ । कुटपिटबाट अचेत बनेका मण्डललाई उपचारको लागि राति नै प्रादेशिक अस्पताल कलैयामा लगिएको थियो। चिकित्सकले चेकजांचको क्रममा उनलाई मृत घोषणा गरेको थियो ।

मृत्यु भएका युवकका घरपरिवार तथा स्थानीयले शुक्रबार कलैयामा शव सहित प्रदर्शन गरेका छन । उनीहरुले दोषीलाई कारवाही गर्नुपर्ने,पिडीत परिवारलाई न्याय दिनुपर्ने लगायतको माग गर्दे कलैया स्थित भरत चोकमा दिनभर शव सहित प्रदर्शन गरेका हुन ।

यसैविच कुटपिटमा संलगन रहेको आरोपमा अनुसन्धानका लागि सात जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङले बताएका छन् ।

पक्राउ पर्नेमा केन्द्रका सञ्चालक कलैया वडा नम्बर ३ बस्ने १९ बर्षिय सरफराज मन्सुरी,सोही ठाउँ बस्ने २९ बर्षिय तमन्ना अली,वडा नम्बर ४ बस्ने २२ बर्षिय निरज सरार्फ,वडा नम्बर ६ बस्ने २० बर्षिय राहुद भन्ने महमद आशु मियाँ शेख,वडा नम्बर १ बस्ने २४ बर्षिय अरुण सरार्फ,सोही स्थान बस्ने १९ बर्षिय सागर गुप्ता,वडा नम्बर २ बस्ने २१ बर्षिय परमेश्वर साह रहेका छन ।

मण्डलको आक्रोशमा कुटपिट भएको र कुटपिटकै कारण मृत्यु भएको उपरिक्षक तामाङले बताए । एसपी तामाङका अनुसार केन्द्रभित्र राखिएको सिसिटिभी फुटेजमा पनि कुटपिट गरेको स्पष्ट देखिएको छ ।

पीडित परिवारले दिएको जाहेरीको आधारमा उनिहरुमाथी कर्तव्य ज्यान सम्बन्धि कसुरमा मुद्दा दर्ता भएकोले कर्तव्य ज्यान सम्बन्धि मुद्धामा अनुसन्धान थालिएको उनले बताए ।

Leave a review

This will close in 0 seconds