नेपाल धानुक समाज द्वारा अपराधिलाई कारवाही गर्न माग

साझेदारी दैनिक
537 पाठक संख्या

कलैया : नेपाल धानुक समाज बाराले मण्डल हत्याकाण्डमा संलग्नलाई कानुनी कारवाही गर्न माग गरेको छ। समाज बाराका अध्यक्ष तथा केन्द्रिय महासचिव योगेन्द्र प्रसाद धानुकले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्।

फागुन २ गते रातीको २ः०० बजेको समयमा बारा कलैया उपमहानगरपालिका वार्ड नं.९ निवासी धिरेन्द्र भन्ने प्रदिप प्रसाद मण्डलको कुटपिट गरी हत्या भएको प्रेस विज्ञप्तिमा लेखिएको छ।

कलैया उपमहानगरपालिका वार्ड न.१ बैंक रोड स्थित साहेब वाबु मन्सुरले संचालन गरेको श्री नव जन्म सुधार केन्द्रमा भएको सामूहिक कुटपिट गरी निजको निर्भत्स हत्या प्रति विज्ञप्तिमा घोर निन्दा गरिएको छ।

घटनामा संलग्न व्यक्तिहरु सर्फराज मंसुर,निरज सारार्फ,महमद आसु मिया शेख,अरुण सरार्फ,साहिल अलि,प्रमेश्वर साह,सुरज शेख,तमन्ना अली,सागर गुप्ता समेतले उक्त सुधार केन्द्रमा भर्ना भएको केहिदिन मै मृतक प्रदिप प्रसाद मण्डलसँग विभिन्न अमानवीय व्यवहार,कुटपिट गरि कर्तव्य गरी हत्या गरेको विज्ञप्तिमा लेखिएको छ।

विपक्षीहरुको चर्तिकला हेर्दा निजहरुले पैसा,पद र राजनीतिक पहुँचको आडमा अनैतिक तथा अमानवीय तरिकाबाट निर्मम हत्या भएको प्रष्ट हुन आएको विज्ञप्तिमा लेखिएको छ। नेपाल लोकतात्रिक गणतन्त्रात्मक देश भएको हुँदा यहाँ कानूनी मूल्य,मान्यतामा आधारित विधिको शासन स्थापित भएको मुलुक भएकोले सबै नेपालीलाई स्वतन्त्रा पुर्वक बाच्न पाउनु पर्ने संबैधानिक अधिकार मौलिक हक रहेको विज्ञप्तिमा लेखिएको छ।

संवैधानिक तथा मौलिक हकको गम्भीर उल्लंघन भएको हुँदा सुधार केन्द्रमा बसेको अवस्थामा सामूहिक रुपमा सुनयोजित तरिकाले उक्त सुधार केन्द्रका संचालक कै सहयोगमा बल जबर्जस्ती करकापमा पारी कुरुर एवम कार्यरतापूर्वक अमानविय हत्याको कसूर गरेका व्यक्तिहरुलाई कानूनी कारवाहीको माग विज्ञप्ति मार्फत गरिएको छ।

संचालक साहेब मंसुरलाई बचाउको तथ्य सर्वत्र सुनिदै आएको परिप्रेक्ष्यमा यस घटनामा सग्लन अपराधीहरुलाई अनुसन्धानको दायरामा ल्याई सत्य,तथ्य उजागर हुने गरी पीडितलाई सुपथ न्याय दिलाउन नेपाल धानुक समाज जिल्ला कार्यसमिति बारा कलैयाको तर्फबाट प्रेस विज्ञप्ती जारी गरिएको हो।

अतः घटनाको सत्य,तथ्य छानवीन गरी घटनामा संलग्न अपराधीहरुलाई कानून बमोजिम कडा भन्दा कडा कारवाही तथा पिडितलाई क्षतिपूर्ति उपलव्ध गराउन समेत विज्ञप्तिमा जोडदार माग गरिएको छ।

Leave a review

This will close in 0 seconds