साझेदारी बनबाट ५ थान सालको काठ बरामद

रञ्जन यादव
203 पाठक संख्या

जीतपुर । पर्सा जिल्लाको बिन्दाबासनी कोइलाभार बड्निहार साझेदारी बन क्षेत्रबाट ५ थान साल जातको काठ गोलिया बरामद गरिएको छ ।

विशेष सूचनाका आधारमा जमदार जीत बहादुर तमाङको नेतृत्वमा गएको बन गस्ती टोलीले वेवारिसे अवस्थामा काठ बरामद गरेको हो ।

बरामद गरिएको करिब २०.३८ क्युफिट काठहरू बड्निहार सब डिभिजन बन कार्यालयको प्राङ्गणमा राखिएको छ ।

बरामद काठ बारे अनुसन्धान भइरहेको डिभिजन बन कार्यालय, पर्साका डिभिजन बन अधिकृत मञ्जुर अहमदले जानकारी दिए ।

बन स्रोतहरूको संरक्षण तथा अवैध रूपमा काठ तस्करी रोक्न सुरक्षा निकायहरू निरन्तर सक्रिय रहेको बन अधिकृत अहमदले बताएका छन ।

Leave a review