कलैया : बाराको सदरमुकाम कलैया उपमहानगरपालिका वडा नम्बर ६ मा अवस्थित बाल एकता बोर्डिङ स्कुल +२ विज्ञान तथा म्यानेजमेन्टले आफ्नो ३३ औं बार्षिकोत्सव भब्यताका साथ मनाएको छ ।
बिधालयको प्राङ्गणमा शनिबार एक कार्यक्रमका बीच आफ्नो ३३ औं बार्षिकोत्सव मनाइएको हो ।
बिधालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि कलैया उपमहानगरपालिका का शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रहलाद प्रसाद वर्णवालले पानसमा बत्ती बाली कार्यक्रमको उद्घाटन गरेका थिए ।

साथै बिधालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष भोला साह सोनारले बाल एकता बोर्डिङ स्कुलका प्रिन्सपल स्वर्गीय रुपेश स्वर्णकारका तस्बिरमा फुलमाला अर्पण गरेका थिए ।
श्री नेपाल राष्ट्रिय माध्यमिक बिधालय ब्रहमपुरी स्कुलका प्रधानाध्यापक रमेश कुशवाहा,राम राजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका प्रमुख निवेश तिमल्सिना र मायादेवी मेमोरियल हस्पिटलका प्रबन्ध निर्देशक डिएसपी डाक्टर सुरेन्द्र प्रसाद साह लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् कलैया उपमहानगरपालिका का शिक्षा,युवा तथा खेलकुद महाशाखाका प्रमुख प्रहलाद कुमार वर्णवालले बिधालयमा पारिवारिक वातावरणमा बिना डरत्रासको भावना राख्दै बच्चाहरुले आफ्ना मनका कुराहरु प्रष्ट रुपले भन्न सकुनले बताए।
अभिभावकले पनि आफ्नो घरमा ३० मिनेट समय निकालेर आफ्नो बच्चाहरुलाई दिन उनले आग्रह गरे। बिद्यार्थीहरुले इमानदारी पुर्वक पढ्नमा ध्यान दिन उनले आग्रह गरे । साथै टिचिङ्गमा आइटीको प्रयोग हुनु पर्ने समेत महाशाखाका प्रमुख वर्णवालले बताए ।
बाल एकता बोर्डिङ स्कुल भौतिक रुपमा पनि सम्पन्न रहेको,शिक्षाहरु पनि योग्य रहेको,कक्षा भित्र सि.सि.टिभी क्यामरा प्रयोग भएको तथा प्रोजेक्टर प्रयोग गरि नंया नयाँ कुराहरु बिद्यार्थीहरु सजिलै ग्रहण गर्न सक्ने बताए ।
बाल एकता बोर्डिङ स्कुल जिल्लाको एक ख्याती प्राप्त बिधालय भएको र थप ब्यवहारिक शिक्षामा आफुहरु लागेको बिधालय व्यवस्थापन समितिका कार्यकारी अध्यक्ष सोनारले बताएका छन ।
उनले आफ्नै बिधालय भवनमा खेलकुद ग्राउण्ड,मैदान,पुस्तकालय,प्रयोगशाला,आफ्नै छात्राबास समेत रहेको बताए ।
यहाँ अध्ययन गरेका बिद्यार्थीहरु देशका विभिन्न स्थानमा प्रशासनिक सेवामा,डाक्टर,ईन्जिनियर सङ्गै राजनैतिक छेत्रमा समेत पुगेको सोनारले बताए । कलेजमा बिज्ञान र म्यानेजमेन्ट संकाय समेत सन्चालमा रहेको अध्यक्ष सोनारले जनाएका छन ।
वार्षिकोत्सबको अवसरमा विधालयले होलि नृत्य लगायत विभिन्न किसिमको प्रस्तुत विद्यार्थीहरुले गरेका थिए ।
उक्त कार्यक्रममा विधालय व्यवस्थापन समितिका कार्यकारी उपाध्यक्ष संतोष कुमार सरार्फ,विधालयका सहायक निर्देशक संगिता सरार्फ,छात्रावासका निर्देशक छाँया सरार्फ,प्लस २ का संयोजक प्रिन्स कुमार सिंह,कलैया उपमहानगरपालिका का वार्ड नम्बर ६ का वार्ड अध्यक्ष रामविश्वास ठाकुर,शिक्षा तथा महाशाखाका अधिकृत राजिव यादव,नेपाल भारत मैत्री संघ मधेस प्रदेश सचिव पवन अग्रवाल,नेल्टा मधेस प्रदेश सचिव रामबहादुर पण्डित,सदस्य तेजिलाल साह,नेपाल एस्काउटका भरत प्रसाद साह,विभिन्न बिधालयका प्रधानाध्यापक,जनमत पार्टीका केन्द्रिय बिकाश कुमार सिंह,जमिल अख्तरसहित अभिभावक एवम शिक्षाप्रेमीहरु लगायतको उपस्थिति रहेको थियो ।
बाल एकता बोडिङ्ग स्कुलका बिधालय प्रबन्ध निर्देशक सुमोध कुमार सरार्फले स्वागत गरेका थिए भने कार्यक्रमको संचालन अनुज श्रीवास्तवले गरेका थिए ।

