करैयामाई गाउँपालिकाद्वारा गरीब घरपरिवारको तथ्याङ्क सार्वजनिक

साझेदारी दैनिक
603 पाठक संख्या

कलैया : राजेश कुशवाहा/ बाराको करैयामाई गाउँपालिकाले गरीब घरपरिवारको तथ्याङ्क सार्वजनिक गरेको छ ।

गाउँपालिकाले वडा नम्बर १ देखि ८ सम्मका गरीब घर परिवारको तथ्याङ्क सार्वजनिक गरेको हो। गाउँपालिका भित्र ९८६ जना गरीब घरपरिवारको बसोबास रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतोले जानकारी दिएका छन ।

उक्त गाउँपालिकाको वडा नम्बर १ मा १३५ जना गरीब घरपरिवारको बसोबास रहेको छ ।जसमा अतिगरिब २७,मध्यम गरिब ५५ र सामान्य गरिब ५३ घर परिवार रहेका छन्।उक्त वडामा हरैया,भुसौलवा,मधुवन टोल रहेको छ।

वडा नम्बर दुईमा ७९ गरीब घरपरिवारको बसोबास रहेको छ।जसमा अति गरीब ८,मध्यम गरीब २८ र सामान्य गरीब ४३ घरपरिवार रहेका छन ।वडा नम्बर ३ मा ८० गरीब घर परिवारको बसोबास रहेको छ। जसमा अतिगरीब १७,मध्यम गरीब ३२ र सामान्य गरीब ३१ घर परिवार रहेका छन्।

उक्त वडामा गालोपटी,बजनी,सिरिसिया टोल रहेको छ। वडा नम्बर ४ मा ८२ गरीब घरपरिवारको बसोबास रहेको छ। जसमा अति गरीब १४,मध्यम गरीब ३२ र सामान्य गरीब ३६ घर परिवार रहेका छन्।उक्त वडामा सानो लौतन,ठुलो लौतन टोल रहेको छ।

वडा नम्बर ५ मा १४५ गरीब घरपरिवारको बसोबास रहेको छ। जसमा अति गरीब ३९,मध्यम गरीब ६४ र सामान्य गरीब ४२ घर परिवार रहेका छन्। उक्त वडामा तेतरिया,ढोडिया, बुनियाद,थोरियाही टोल रहेको छ।वडा नम्बर ६ मा १३१ गरीब घरपरिवारको बसोबास रहेको छ।

जसमा अति गरीब ३८,मध्यम गरीब ५७ र सामान्य गरीब ३६ घर परिवार रहेका छन ।उक्त वडामा सिहोर्वा,सेढवा,सहजौली टोल रहेको छ। वडा नम्बर ७ मा २२४ गरीब घर परिवारको बसोबास रहेको छ ।

जसमा अतिगरीब ५५,मध्यम गरीब १०१ र सामान्य गरीब ६८ घर परिवार रहेका छन।उक्त वडामा उमजन,बारा जिमदार टोल,सिसवा,पिपरा,बारा तियर टोल रहेको छ। वडा नम्बर ८ मा २१० गरीब घरपरिवारको बसोबास रहेको छ।

जसमा अतिगरीब ४९,मध्यम गरीब १०५ र सामान्य गरीब ५६ घरपरिवार रहेका छन। उक्त वडामा ईटहर,बेलाही,औनिया,सिरिसिया रहेका छन।

नेपाल सरकार भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा स्थानीय तहहरु संगको समन्वय र सहकार्यमा सञ्चालित गरीब परिवार तथा परिचय पत्र बितरण कार्यक्रम अन्तर्गत गरीब परिवारको पहिचानका लागि तथ्याङ्क सार्वजनिक गरिएको हो।

Leave a review