कलैया : राजेश कुशवाहा / तराई मधेशमा मनाईने चैती छठको मुख्य दिन ब्रतालुहरुले बिहीबार सांझ अस्ताउदो सूर्यलाई अध्र्य दिएका छन्।
ब्र्रतालुहरुले पवित्र जलाशय,नदी,तलाउमा गएर छठी माताको भक्त आराधना गर्दै अस्ताउदो सूर्यलाई अध्र्य दिएका हुन्।
जिल्लाको कलैया,सिम्रौनगढ,बरियारपुर,गंजभवानीपुर,प्रसौनी,जितपुर,परवानीपुर,उत्तर झिटकैया,भतौडा,ईनर्वासिरा,तेलकुवा,पिप्राढी,बन्जरिया,बेनौली,ब्रम्हपुरी,दोहरी,भोडाहा,मोतीसर,बेलहिया ,प्रस्टोका कर्चार्वा,पटेर्वा,भगवानपुर लगायत जिल्लाको विभिन्न स्थानमा रहेका छठी घाटहरुमा उनीहरुले अस्ताउदो सूर्यलाई अध्र्य दिएका हुन्।
ब्रतालुहरुले शुक्रबार बिहान उदाउदो सूर्यलाई अध्र्य दिएपछि छठ पर्व बिधिवत रुपमा सम्पन्न हुन्छ। छठपर्व गर्नाले सुख शान्ती सम्बद्धी प्राप्त हुने एव चर्मरोग निको हुने जनविश्वास रहेको छ।


