नेपाल–अङ्ग्रेज युद्धको प्रतिक स्वरुपको पार्क निर्माण गरिएको : उपरथी जिसी

संदिप प्रसाद यादव
477 पाठक संख्या

कलैया : नेपाल–अङ्ग्रेज युद्धको प्रतिक स्वरुपको पार्क निर्माण मात्र नभइ यसको मानसम्मानसहित संरक्षण गर्नु सबैको महत्वपुर्ण जिम्मेवारी रहेको मध्य पूर्वी पृतनाका पृतनापति उपरथी कृष्ण बहादुर जी.सीले बताउनु भएको छ ।

बाराको सदरमुकाम कलैयास्थित भरत चोकमा निर्माण गरिएका नेपाली सेनाले निर्माण गरेर पार्क बुधबार एक कार्यक्रमका बिच कलैया उपमहानगरलाई हस्तान्त्रण गर्ने कार्यक्रममा बोल्दै उपरथी जिसीले यस्तो बताएका हुन् ।

नेपाली सेना मात्र होईन सम्पुर्ण नेपालीले बनाएको नेपालमा हामी बसिरहेका छौँ,गर्व गर्नुपर्छ पृतनापति उपरथी जी.सीले बताउनु भयो । नेपालको झण्डा,नक्सा र निर्माण गरिएको दुई वटा मुर्तिमा यहाँका स्थानीयहरुको अनुहार देखिएको उनले बनाउनु भयो ।

यस पार्कमा निर्माण गरिएका वीर युद्धहरुको मुर्तिको संरक्षण गर्नु पर्ने पृतनापति उपरथी जी.सीले बताउनु भयो । नेपालको झण्डालाई पनि एक सम्मान हेर्न र गर्व गर्न उनले समेत आग्रह गर्नु भयो । नेपाल– अंग्रेजÞको दौरान बारागढीमा स्थानीयले पु¥याएको योगदानलाई उजागर गर्ने उदेश्य सो क्षेत्रमा सो पार्क निर्माण भएको हो ।

सो अवसरमा निर्माण भएको उक्त पार्क नेपाल– अंग्रेजÞको दौरान बारागढीमा स्थानीयले पु¥याएको योगदानलाई उजागर गर्ने उदेश्य अनुरुप मध्य पूर्वी पृतनाका पृतनापति उपरथी जि.सिले कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद प्रसाद साहलाई हस्तान्त्रण गरेका हुन।

निर्माण गरिएको पार्कमा बारागढी युद्धको दौरान स्थानीय जनताले नेपाली सेनासंग हातेमालो गरी सेनालाई गरेको सहयोगको बखान गरीएको शिलालेख सहित दुईजना सिपाहिको प्रतिमा निर्माण गरीएको ज्वालादल गणका गणपती प्रमुख सेनानी कुमार खडकाले बताएका छन।

नेपाली सेनाबाट प्राप्त आर्थीक स्रोत साधनबाट श्री मध्य पूर्वी पृतना हेड क्वाटरको निर्देशन तथा श्री नं. २८ वाहिनी अड्डाको सुपरिवेक्षणमा नेपाली सेनाको सिघ्र प्रभावी योजना अनुसार श्री ज्वालादल गणले भरतचोकमा सन १८१४ देखि १८१६ सम्म बारागढीमा भएको नेपाल–अंग्रेज युद्धको प्रतिक स्वरुप पार्क निर्माण गरेको हो। सोहि कार्यक्रममा भरत चोकमा झण्डोत्लन गरिएको थियो ।

उक्त कार्यक्रममा सहायक रथी रन्जित थापा,कलैया उपमहानगरपालिका कि उपप्रमुख रौशन प्रविण,प्रमुख प्रशासकीय अधिकृत नाथु साह,नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रमेश सुबेदी,जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराई,जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक सन्तोष तामाङ,शस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण बाराका प्रहरी उपरीक्षक खुम बहादुर के.सी,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख दिपक खड्का,सञ्चारकर्मीहरु लगायतको उपस्तिथि रहेको थियो ।

Leave a review