प्रदेश सांसद जैनव खातुनले गरिन् मोक्तमको शिलान्यास

साझेदारी दैनिक
378 पाठक संख्या

कलैया : मधेस प्रदेशकी सांसद जैनव खातुनले रौतहटको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ५ सन्तपुर दोस्तियामा मोक्तमको शिलान्यास गरेकी छिन् ।

आज सोमबार एक कार्यक्रम समारोहका बीच उनले शिलान्यास गरेकी हुन्। मुस्लिम सामुदायिकका धर्म अनुसार मोक्तम विश्राम गर्ने स्थल हुन ।

प्रदेश सांसद खातुनको विशेष पहल र मधेश प्रदेश सरकारका युवा खेलकूद समाज कल्याण मन्त्रालयले करिब चलीस लाख रुपैयाको लागतमा दुई तल्ले भवन बन्ने भएको छ ।

उक्त कार्य उपभोक्ता मार्फत काम हुनेछ भने अध्यक्षमा तबरेज खा,कोषा अध्यक्ष लालमुन खातुन ,सचिव शेख सदाम रहेको प्रदेश सांसद खातुनले बताइन ।

उक्त सिल्यानास कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य सहबान खा,पूर्व गा.वि.स. अध्यक्ष बुधाई खा,नेता शेख मोबिन,सुरेन्द्र यादव,शिउपुजनं यादव,शेख नथुनी,शेख मज्रुल,राजा बाबु खा,शेख अपताब लगायतका सहभागी रहेको थियो ।

Leave a review

This will close in 0 seconds