जम्मुकश्मीर हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली

साझेदारी दैनिक
347 पाठक संख्या

वीरगञ्ज : पर्साको वीरगञ्जमा सनातन हिन्दु समाजले भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

उक्त हमलामा बुटवलका सुदीप न्यौपानेसहित २६ जनाको मृत्यु भएको थियो भने १२ जना घाइते भएका छन् । घाइतेमध्ये सुदीपकी आमा पनि रहेकी छन् ।

वीगञ्जको गहवामाई मन्दिर परिसरको पार्कमा बुधबार उक्त श्रद्धाञ्जली सभाको आयोजना गरिएको हो । सो श्रद्धान्जली सभामा विभिन्न हिन्दुवादी संघ–सङ्गठनका अगुवा र प्रतिनिधिहरूले हमलामा मृत्यु भएकाहरूप्रति समवेदना प्रकट गर्दै आतङ्कवादीहरूको निन्दा गरेका थिए ।

सो अवसरमा जम्मु कश्मीरको अनन्तनाग जिल्लास्थित पहलगामको बैसरन घाटीमा भएको बर्बर आतङ्कवादी हमलामा ज्यान गुमाएकाहरूलाई श्रद्धाञ्जली दिनुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको थियो ।

उक्त श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै राष्ट्रिय समता पार्टी नेपालका राष्ट्रिय अध्यक्ष विजय प्रकाश निषादले आतङ्कवादीहरूले हिन्दु धर्मका व्यक्तिहरूलाई लक्षित गरी छानीछानी हत्या गरेको गम्भीर आरोप लगाएछन । उनले भने, “घुमघामको उद्देश्यले पहलगाम पुगेका निर्दोष हिन्दु पर्यटकहरूलाई इस्लामिक आतङ्कवादीहरूले हिन्दु भएको कारण मात्र हत्या गर्नु अत्यन्त निन्दनीय र अमानवीय कार्य भएको बताए ।

मङ्गलवार भएको हमलामा आतङ्कवादीहरूले प्रहरीको वर्दी लगाएर पर्यटकहरूमाथि नजिकैबाट गोली चलाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

Leave a review

This will close in 0 seconds