भिखारीको गोठमा भएको आगलागीबाट लाखौंको क्षति

संदिप प्रसाद यादव
745 पाठक संख्या

कलैया । बाराको एक गोठमा सोमबार भएको आगलागीले चार लाख ३० हजार बराबरको लाखौंको क्षति भएको छ।

बाराको जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २० बसतपुर बस्ने भिखारी महरा चमारको गोठमा लामखुट्टे धपाउनको लागी बालेको आगोबाट आगलागी भएको हो।

आगलागी बाट गोठ र गोठमा रहेको पराल पूर्ण रुपमा जलि नष्ट भई चार लाख ३० हजार मूल्य बराबरको क्षति भएको छ। आगलागीबाट दुई वटा भैसिँ जलि गम्भीर अवस्थामा रहेको छ।

आगलागीबाट मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। उक्त आगो स्थानीय नागरिक वारुणयन्त्र र नेपाल प्रहरीको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको छ।

आगोलाई निभाउन अस्थायी प्रहरी पोष्ट ईनर्वासिरा बारा बाट प्रहरी सहायक निरीक्षक मनोज तिवारीको कमाण्डमा २ जनाको टोलि खटेको थियो।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएका हुन्।

सांकेतिक फोटो

Leave a review

This will close in 0 seconds