कलैया : बाराको करैयामाई गाउँपालिका वडा नम्बर २ मा नवनिर्मित वडा कार्यालय भवनको बुधबार उद्घाटन गरिएको छ।
करैयामाई गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद यादवले एक कार्यक्रमका बीच उक्त वडा कार्यालयको उद्घाटन गरेका हुन।
उक्त अवसरमा करैयामाई गाउँपालिकाकी उपाध्यक्ष सुनैना कुमारी चौधरी,प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्र महतो,वडाअध्यक्ष,वडा सदस्य,वडा सचिव,गाउँपालिकाका कर्मचारी,स्थानीय भद्र भलादमी लगायतको उपस्थिति रहेको थियो।
वडा अध्यक्ष सुरेन्द्र चौधरीको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

