नवरात्रिको उपलक्ष्यमा शनिवार वृहत सरसफाई

साझेदारी दैनिक
707 पाठक संख्या

रबिन्द्र प्रसाद साह /
प्रसौनी गाउँपालिका वडा न .५, ६ र प्रस्टोका बेलहियामा नवरात्रिको उपलक्ष्यमा शनिवार वृृृहत सरसफाई गरिएको छ।
परिवर्तनका लागि युवा जनशक्ति भन्ने मुल नाराका साथ गरिएको उक्त सरसफाई प्रस्टोका बजारदेखि लिएर कलैया स्थित रामजानकी मन्दिरसम्म र गाउँको सम्पुर्ण बाटोको सरसफाई गरी कार्यक्रम सम्पन्न गरिएको थियो।

जनता समृद्धि युवा क्लबको सहयोगमा उक्त सरसफाई कार्यक्रम गरिएको थियो। उक्त सरसफाई कार्यक्रम प्रमुख अतिथि प्रसौनी गाउँपालिका वडा नं.५ को वडा अध्यक्ष सनै साह तेली, एकाई अध्यक्ष असोक साह कानु, दुर्गा पुजा समितिको अध्यक्ष रबिन्द्र प्रसाद साह, शिक्षक रामलखन सहनी तथा क्लबका अध्यक्ष सन्तोष कुमार साह एवं सम्पुर्ण सदस्य लगायतको उपस्थिति रहेको थियो ।

Leave a review