पीडित परिवार र स्थानीयवासीद्वारा आन्दोलन स्थगित

साझेदारी दैनिक
371 पाठक संख्या

कलैया : नम्बर नखुलेको मोटरसाईकलको ठक्कर मृत्यु भएका बाराको सुवर्ण गाउँपालिका वडा नम्बर १ रामटोल सोलखपुरका १३ बर्षिय किशोर छोटेलाल कुमार रामको आफन्तजन तथा स्थानीयबासीले आईतबार देखि आन्दोलन स्थगित गरेका छन्।

सुवर्ण गाउँपालिकाले मृतक परिवारलाई किरिया खर्च बापत रु २५ हजार रुपैया तथा गाउँपालिकाको बोर्ड बैठकबाट थप सहयोग गर्ने प्रतिबद्धता गरेपछि उनीहरुले आन्दोलन स्थगित गरेका हुन्।

ठक्कर दिने मोटरसाईकल चालकलाई पक्राउ गरी कारवाही गर्न माग गर्दै मृतकका परिवार तथा स्थानीयबासीले शनिबार देखि सोलखपुरमा शव सहित प्रदर्शन गरेका थिए।

नेपाल राष्ट्रिय मा.बि कवही गोठ बाट जेठ ८ बिहीबार बिहान ११ बजे पढेर घर फर्किने क्रममा रामलाई बरियारपुर बाट कवही गोढ तर्फ तिब्र गतिमा आउदै गरेको नम्बर नखुलेको मोटरसाईकले ठक्कर दिदा उनको मृत्यु भएको थियो ।

मोटरसाईकलको ठक्करबाट गम्भिर घाईते भएका रामको नेशनल मेडिकल कलेजमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको थियो । राम कक्षा ६ का अध्ययनरत रहेका थिए। उनलाई ठक्कर दिई मोटरसाईकल सहित मोटरसाइकल चालक फरार भएका थिए।

Leave a review