कलैया । बाराको कलैयामा टिप्परको ठक्करबाट एक बालिकाको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय बाराले आइतबार एक प्रेस विज्ञप्ति जारी गरी यसबारे जानकारी दिएको हो।
कलैया उपमहानगरपालिका वडा नम्बर १ बाल मन्दिरस्थित बिरगंज बाट कलैया तर्फ आउदै गरेको ना.१ क ८०५६ नम्बरको टिप्परले बाटो क्रस गर्दै गरेको पैदल यात्रीलाई ठक्कर दिएको हो।
भारतको बिहार राज्यको मोतिहारी आठ मुहान घर भई हाल बाराको कलैया उपमहानगर-१ मोतिबाघ स्थित डेरा गरी बस्ने हरेराम साहको छोरीको मृत्यु भएको हो। छ वर्षीय सिवानी गुप्तालाई ठक्कर दिदाँ ढाडमा चोट लागी आशिर्वाद अस्पताल कलैया बारामा लगिएको थियो।
उनलाई सामान्य उपचार पश्चात थप उपचारको लागि एल.एस.न्युरो अस्पताल परवानिपुर बारामा लगिएको हो। डाक्टरले चेकजाच गर्दा मृत घोषणा गरेका छन्।
टिप्पर चालक बाराको कलैया उपमहानगरपालिका -१८ का ३७ वर्षीय सत्यनारायण साह प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन्।


