वर्णवालको निधन,आधा दिन शोक विदा

साझेदारी दैनिक
762 पाठक संख्या

कलैया । कलैया उपमहानगरपालिकाको शिक्षा,यूवा तथा खेलकुद महाशाखाका तत्कालिन महाशाखा प्रमुख प्रहलाद प्रसाद बर्णवालको बुधबार असामयिक निधन भएको छ।

उनको निधनमा कलैया नगर कार्यपालिकाको कार्यपालिकाको कार्यालयका साथै मातहतका सबै वडा समितिको कार्यालय,शैक्षिक संस्थाहरुमा आधा दिन सार्वजनिक बिदा दिइएको छ।

कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नाथु साहले एक शोक वक्तव्य जारी गरी यसबारे जानकारी दिएका हुन्।

शोक वक्तव्यमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित यस दुःखद घडीमा शोकसन्तप्त परिवारजनहरु प्रति धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरुन् भन्दै हार्दिक समवेदना व्यक्त गरिएको छ।

साथै यस दुखःद घडीमा मिति २०८२।०३।०४ गते यस कार्यालयको निर्णयानुसार मिति २०८२।०३।०४ गते बुधवार आधा दिन यस नगर कार्यपालिकाको कार्यालयका साथै मातहतका सबै वडा समितिको कार्यालय,शैक्षिक संस्थाहरुमा सार्बजनिक बिदा रहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि शोक वक्तव्यमा अनुरोध गरिएको छ।

Leave a review

This will close in 0 seconds