सिम्रौनगढ नगरपालिका दुई वडा पूर्ण खोप घोषित

राजेश कुशवाहा
395 पाठक संख्या

कलैया : बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ६ र ७ लाई पूर्ण खोप वडा घोषणा गरिएको छ।

बिहीबार सिम्रौनगढमा आयोजित घोषणा सभामा दुई वटै वडालाई पूर्ण खोप वडा घोषणा गरिएको हो। ६ का वडा अध्यक्ष नन्दकिशोर जयसवाल र ७ का वडा अध्यक्ष विवेक मेहताले आ–आफ्नो वडालाई पूर्ण खोप वडा घोषणा गरेका हुन्।

उक्त अवसरमा सिम्रौनगढ स्वास्थ्य चौकीका ईन्चार्ज हरीओम जयसवाल,स्वास्थ्यकर्मीहरु,दुवै वडाका कर्मचारी,वडा सदस्यहरु,महिला स्वयमसेवीकाहरु लगायतको सहभागिता रहेको थियो । उक्त अवसरमा महिला स्वयमसेवीकाहरुलाई सम्मानित गरिएको थियो।

Leave a review

This will close in 0 seconds