कोल्हवी :धिरेन्द्र पनुहर/ श्री नव जनप्रगति युवा क्लब करैयामाई ७ उमजनको आयोजनामा सम्पन्न भएको दोस्रो करैयामाई गोल्डकप २०८२ को आय–ब्य्य सार्वजनिक गरिएको छ।
श्री जनता माध्यमिक विद्यालय उमजनको खेलमैदानमा शनिबार एक पत्रकार सम्मेलन मार्फत आय व्यय सार्वजनिक गरिएको हो। क्लबका अध्यक्ष रुपनारायण यादवको अध्यक्षतामा सो पत्रकार सम्मेलन भएको हो।
क्लबका सचिव गोपाल चौधरीले दोस्रो करैयामाइ गोल्डकप २०८२ को आय –ब्य्य प्रस्तुत गर्दै विभिन्न शिर्षकहरुमा जम्मा रकम पाँच लाख पचपन्न हजार खर्च भएको जानकारी गराए।
दोस्रो करैयामाइ गोल्डकप गत जेष्ठ २४ गतेदेखि ३१ गते सम्म सन्चालन भएको थियो ।सो प्रतियोगितामा एपि एफ बर्दिबास प्रथम भइ नगद रु साठी हजार प्राप्त गरेको थियो।
एन जे जे वाइ सि सिमरा दोस्रो भइ नगद रु तीस हजार प्राप्त गरेको थियो। पत्रकार समेलनमा उमेश चौधरी,धर्मेन्द्र चौधरी,गोपाल चौधरी,रुपनारायण यादव लगायत क्लबका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

